अनेरास्ववियू नवलपरासीले बुझायो ध्यानाकर्षण पत्र

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख ७
नवलपरासी । लकडाउनको समयमा विद्यार्थीले घरमै बसी अनलाईन कक्षा लिने व्यवस्था गर्नुपर्ने माग सहीत अनेरास्ववियू पश्चिम नवलपरासीले माग ध्यानाकर्षण पत्र बुझाएको छ । लामो समयदेखि मुलुक लकडाउनमा रहेको र एसइइ, कक्षा ११ र १२ का परीक्षाहरु समेत नभएको अवस्थामा विद्यार्थीमा नकरात्मक प्रभाव पर्न सक्ने भएकोले सार्वजनिक सञ्चारमाध्यम वा अनलाईन लगायतका प्रविधिको प्रयोगबाट कक्षा सञ्चालन गर्न माग गरीएको अनेरास्ववियूका जिल्ला संयोजक शुसान्त शर्मा घिमिरे बताए । उनि भन्छन् – ‘हामीले लकडाउनको समयमा विद्यार्थीहरुलाई प्रविधिसंग जोडेर शिक्षण सिकाई क्रियाकलाप गर्न सकिने सम्बन्धमा हामीले ध्यानाकर्षण पत्र बझाएका हौ । लकडाउन लम्बिँदै जाँदा पढाई प्रति रुची नलाग्ने समस्या बढ्छ । ’

 

अनेरास्ववियूले शिक्षक, विद्यार्थी र अभिभावक निरन्तर सम्पर्कमा रहने गरी विद्यार्थीका सिर्जनात्मक र रचनात्मक कार्यलाई निरन्तरता दिन उत्प्रेरणामूलक कार्यहरु गर्न वैकल्पिक माध्यमबाट सहजीकरण गर्न सकिने तर्फ समेत ध्यानाकर्षण गराएको छ । अनेरास्ववियूका पश्चिम नवलपरासीका संयोजक शसान्त घिमिरे र सहसंयोजक विशाल गिरीद्धारा हस्तास्क्षर गरीएको ध्यानाकार्षण पत्र प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र जिल्ला संमन्वय समितिका सभापति शिव शंकर रायलाई बुझाइएको छ ।