कालिगन्डकीद्धारा २५ हजार सहयोग

प्रकाशित मिति:

बैशाख ७, तिलोत्तमा । कालिगन्डकी बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा ३ ले ‘कोभिड १९’ नियन्त्रणका सहयोग गरेको छ ।  सहकारीले आइतवार तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २५ हजार १ सय ५५ रुपियाँ जम्मा गरेको सहकारीका अध्यक्ष यज्ञप्रसाद सापकोटाले जनाकारी दिए । ‘विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस र त्यसको संक्रमण रोकथामका लागि सानो सहयोग होस भनेर सहयोग गरेका हौँ ।’ –उनले भने । सहकारीले समाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको सहकारीका अध्यक्ष सापकोटाको भनाई छ । तिलोत्तमा नगरपालिका वडा न. ३ का वडा अध्यक्ष मार्फत सो रकम कोषमा जम्मा गरिएको छ । चेक ग्रहण गर्दै वडा न. ३ का वडा अध्यक्ष टंक तिवारीले विपदको समयमा संघ संस्थाहरुले सदासयता देखाउनु सकारात्मक पक्ष भएको बताए । उनले यस प्रकारका सहयोगले नै नगरपालिका राहतको कार्य गर्न सक्षम हुने बताए ।  नियमित बचत तथा सहकारी कार्यका अलवा रत्तदान, अन्य सहयोग लगएत समाजिक कार्य समेत गर्दै आएको छ ।