लकडाउनमा हुन सक्ने डिप्रेसनबाट बच्ने उपाय

प्रकाशित मिति:

कोभिड १९ को लकडाउनले मन खिन्न छरु अहिले धेरैलाई यस्तो भइरहेको छ। बन्दाबन्दीले एक्लोपन, चिन्ता बढाउनुका साथै डिप्रेसन वा उदासिनताको जोखिम पनि बढाइरहेको छ। अमेरिकाको बोस्टन स्कूल अफ पब्लिक हेल्थका असुन्धाताले जनाए अनुसार कोभिड १९ जस्तो महाव्याधि वा सुनामीजस्ता विपदले उदासिनता सधैं बढाउँछ। खस्कँदो अर्थतन्त्र र घरबाटै लामो समयसम्म काम गर्नुपर्ने बाध्यताले कोभिड १९ र लकडाउनको तनाव अझ गम्भीर बनाउँछ। नतिजा पोस्ट ट्रम्याटिक स्ट्रेस डिस अर्डर पिटिएसडी, चिन्ता र उदासिनता। खस्कँदो अर्थतन्त्र वा कोभिड १९ तत्कालै व्यवस्थापन र नियन्त्रण सकिँदैन तर मानसिक स्वास्थ्यका लागि केही सकारात्मक उपाय अपनाउन सकिन्छ। यो सङ्कटको घडीमा आफूलाई सम्हाल्न र उदासिनताबाट मुक्त हुन केही उपायहरू यहाँ प्रस्तुत गरिएका छन्।

१ तालिका कायम राख्नुहोस् : बन्दाबन्दीको समयमा दैनिक काममा फेरबदल हुन्छ। एकनासको हुँदैन। त्यसैले, सधैं एउटै समयमा उठ्ने, सुत्ने र खाने गर्नुहोस्। यसले शरीरको “घडी” लाई नियमित र व्यवस्थित राख्छ। २ दिनमा कम्तिमा एक पटक मुटुको धड्कन बढाउनुहोस् : बन्दाबन्दीमा नियमित व्यायाम वा कसरत गर्नुहोस्। घरभित्रै योगा वा स्ट्रेचिङ गर्न सकिन्छ। यसले शरीर चुस्त र तन्दुरूस्त बनाउनुका साथै मुड पनि राम्रो हुन्छ। त्यसले शरिरमा “फिल गुड” हर्मोन बढाउँछ। ३ कुराकानी गर्नुहोस् : निरन्तर सम्पर्कमा रहनु र कुराकानी गर्नु आवश्यक र महत्वपूर्ण छ। आफ्नो डर वा आफूलाई चिन्तित बनाइरहेको जुनसुकै विषयबारे विश्वासिलो व्यक्तिसँग कुराकानी गर्नुहोस्। चिन्ता बढाउने विषयबारे कुरा गर्नैपर्छ।

४ सन्तुलित आहार : धेरै वा थोरै खाने गर्नु हुँदैन। फुर्सदमा घर बस्दा सामान्तया हामी धेरै खान्छौं। सन्तुलित आहारले शरीर र मष्तिष्का लागि फाइदा गर्छ। आहारमा मौसमी फलफूल समावेश गर्नुहोस्। ५  कफी र धुमपानबाट टाढा रहनुहोस् : चिया, कफी र चुरोटले “डिहाइड्रेट” वा शरीरमा भएको पानी सुकाउँछ। यसले मुड पनि बिग्रिन्छ। ६  दैनिकी राख्नुहोस : दैनिकी राख्ने गरे आफूलाई स्वतन्त्र रूपमा अभिव्यक्त गर्न सजिलो हुन्छ। यसले व्यक्तिको गोपनीयता पनि कायम हुन्छ। ७  आफूलाई समय दिनुहोस् :  यस्तो सङ्कटको अवस्थामा घरबाट काम गर्नु झन्झटिलो हुनसक्छ। घरको काममा सघाउने कोही पनि नहुनसक्छ। विवाहित र बालबच्चा भएकालाई कामको जिम्मेवारी धेरै हुन्छ। त्यसैले आफ्नो लागि पनि केही समय निकाल्नुहोस्। आफूलाई मनपर्ने वा रूचि भएको काम गर्नुहोस्। ८  एकै स्थानमा धेरै बेर नबस्नुहोस् :प्रत्येक दुई घण्टामा १५ मिनेट विश्राम गर्नुहोस्। जीवनशैलीसम्बन्धी रोगबाट बच्न खुट्टाहरूलाई चलाउनुहोस्। घरभित्रै यताउता हिँड्नुहोस्। हेल्र्थसट्स डट कमबाट नेपाली अनवाद