रोट्याकट् बुटवल डाउनटाउन द्वारा सेनिटाईजर, माक्स वितरण

प्रकाशित मिति:

बुटवल/ सामाजिक कार्यक्रमहरुमा अग्रसर रोट्याकट् क्लब अफ बुटवल डाउन टाउनले सेनिटाईजर, माक्स,पन्जा बितरन गरेको छ । सन्सार नै कोविद १९ को महामारीमा रहेको र नेपालमा पनि बिगत २८ दिन देखि पुर्ण लक डाउन रहेको अवस्था मा कोविद १९ फ़ैलिनको लागी रोकथाम का विभिन्न कार्यक्रम हरु गरिरहेको क्लबका अध्यक्ष मधु भट्टराईले बताए ।

राज्यको चौथो अंग पत्रकारहरु जनता लाई राम्रो सूचना प्रभाव गर्न दिन रात खटियेको अवस्थामा पत्रकारहरु पनि सुरक्षित रहनु पर्छ भन्ने उदेश्य का साथ बुटवलका पत्रकार हरु लाइ सेनिटाईजर ,माक्स बितरन गरियेको क्लब का पुर्ब अध्यक्ष सन्तोष पौडेलले बताए । कार्यक्रमलाई जीवन अधिकारि ,समाजसेवि हरि पाण्डे, बिष्णु भण्डारी ,कमला हमाल, इना उपाध्याय ले सहयोग गर्नु भयेको थियो । क्लब ले १०० थान सेनिटाईजर , ३०० थान माक्स , ३०० थान पन्जा बितरण गरेको क्लबका कम्युनिटी डाईरेकट्रर अविस्कार खनालले बताए । क्लुबले खाली खुट्टा मा लगाउने जुत्ता अभियान , अति बिपन्न २०० घर धुरीलाई राहत वितरणआगलागि पिडितलाई १५ घर सिरक दसाना ,खाधान लगायतका कार्यक्रम हरु गरिसकेको छ ।