सीमाका सशस्त्र प्रहरीलाई साईकल प्रदान 

प्रकाशित मिति:

सोम दियाली/ सर्लाही-संविधान सभा सदस्य सर्लाही क्षेत्र नम्वर ३ का पूर्व साँसद समाजसेवी नरेन्द्र साहले सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीका लागि साईकल प्रदान गर्नु भएको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीलाई लक डाउनका समयमा सीमा क्षेत्रमा गस्ती गर्न मदत पु¥याउने उदेश्यले समाजसेवी साहले सशस्त्र प्रहरीका लागि २० थान साईकल प्रदान गर्नु भएको हो । जिल्लाको कविलासी नगरपालिका स्थित सशस्त्र प्रहरी १० नम्बर गणमा एक कार्यक्रमको आयोजना गरी आफ्ना प्रतिनिधी मार्फत पूर्व सांसद साहले साईकल हस्तान्तरण गर्नु भएको उहाँका प्रतिनिधी रोशन दोङ्गले जानकारी दिनु भयो ।

“नागरीकको सुरक्षामा माननीयज्यू निकै सचेत हुनु हुन्छ, लक डाउनका कारण भारतबाट कोरोना संक्रमित नेपाल प्रवेश नगरुन्, त्यसका लागि सशस्त्र प्रहरीलाई गस्तीमा सहजता ल्याउन उहाँले सशस्त्र प्रहरीका लागि साईकल प्रदान गर्नु भएको हो,” उहाँका प्रतिनिधी दोङ्गले भन्नु भयो – “त्यति मात्रै हैन एक जिम्मेवार नागरीकको हैसियतले पनि उहाँले असल नागरीकको जिम्मेवारी पुरा गर्नु भएको हो ।”साईकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले संविधान सभा सदस्य पूर्व सांसद समाजसेवी नरेन्द्र साहको सहयोगले सीमामा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई अपराध नियन्त्रणमा ठुलो सहयोग पुग्ने बताउनु हुँदै साहको समाजसेवा प्रतिको उदार भावनाको उच्च प्रसंशा गर्नु भयो ।

प्रजिअ जिसीले लक डाउनका समयमा समाजसेवी साहले सशस्त्र प्रहरीको मनोवल उच्च बनाउन साईकल प्रदान गरेर सर्लाहीवासीमा ठुलो गुण लगाउनु भएको बताउनु भयो । साईकल वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख विश्वमणि पोखरेल, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुर, समाजसेवी साहका प्रतिनिधी श्याम साह, लगायतको उपस्थिती रहेको सशस्त्र प्रहरीका सर्लाही प्रमुख एसपी विनोद श्रेष्ठले जानकारी दिनु भयो ।
समाजसेवी साहले झण्डै ७ महिना अघि पनि जिल्ला प्रहरी कार्यालय मार्फत जिल्लाका सवै प्रहरी युनिटलाई साईरन जडित साईकल प्रदान गर्नु भएको थियो ।