सामाजिक  सञ्जालमा आएको टिप्पणीप्रति वडा कार्यालयद्वारा खेद ब्यक्त

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङवालिङ नगरपालिका २ नं. वडालाई जोडेर सामाजिक सञ्जालमार्फत गरिएको भ्रामक टिका टिप्पणीप्रति वडा कार्यालयले खेद ब्यक्त गरेको छ ।आईतबार नेपाल कम्यूनिष्ट पार्टी वालिङ नगर कमिटी र ब्यक्तिगतरुपमा नेकपामा आबद्ध लक्ष्मीपति पौडेलले फेसबुक वालमा गरेको टिका टिप्पणी र विज्ञप्तीप्रति वडा कार्यालयले आईतबार विज्ञप्ती निकालेर घोर आपत्ति प्रकट गरेको छ ।

वडा कार्यालयले आफ्नो वडाभित्रका ब्यक्तिहरुलाई सम्बन्धित निकायबाट अनुमति लिई ल्याउने तयारी भईरहेका बेला वडा कार्यालय तथा नगर कार्यपालिकाको कार्यालयमा समेत जानकारी र अनुमति नलिई गैरकानूनीरुपमा ल्याउने कार्यले नेपाल सरकार र स्थानीय सरकारको धज्जी उडाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।वालिङ नगरपालिका २ नं. वडाका ५ जना मध्ये चुत्रबहादुर सार्की भनिने एकजना जिल्ला अदालत स्याङ्जाबाट चोरी डकैतीमा अभियुक्त प्रमाणित भएको हुँदा फरार अभियुक्तसमेत संलग्न गराई ल्याएको विषयले झनै नियतमाथि नै शंका उत्पन्न गराएको छ विज्ञप्तीमा छ ।फरार रहेको अभियुक्तलाई वडा प्रहरी कार्यालयले हिरासतमा राखेको छ भने अन्य ४ जनालाई ग्रहौं प्राथमिक अस्पतालमा चेकजाँच गराई होम क्वारेन्टाईनमा बस्ने गरी वडाध्यक्षको रोहबरमा घरमा पठाईएको छ ।

“विश्व कोभिड १९ भाईरसबाट आक्रान्त भएको अवस्थामा क्वारेन्टाईन ब्यवस्थापन कार्यविधि, सरुवा रोग (महामारी) नियन्त्रणसम्बन्धी ऐन २०२० को पूर्ण पालना गराउने जिम्मेवारी वडा कार्यालयको पनि भएको र जनताको हितका लागि वडा कार्यालय र ब्यक्तिगतरुपमा लागिरहेको अवस्थामा अनेक भ्रमात्मक टिका टिप्पणीहरु सामाजिक सञ्जालमा आएका छन् यसप्रति घोर भत्र्सना ब्यक्त गर्दछु” वडा अध्यक्ष पोतप्रसाद लम्सालले भन्नुभयो ।नेकपाको नगर कमिटीजस्तो जिम्मेवार पार्टी र सोसँग सम्बन्धित ब्यक्तिहरुले ब्यक्तिगतरुपमा चरित्र हत्या गर्ने किसिमले सामाजिक सञ्जालमार्फत गरिएका टिका टिप्पणीप्रति वडा कार्यालय घोर भत्सना जनाउँछ वडा अध्यक्ष लम्सालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।अहिलेको संवेदनशील अवस्थामा भ्रम सिर्जना गरी राजनीति गर्नुभन्दा सबै मिली पार्टीभन्दा माथि उठी देश र जनताप्रति जिम्मेवार भई कार्य गर्न पनि अध्यक्ष लम्सालले विज्ञप्तीमार्फत अनुरोध गर्नुभएको छ ।