कोरोना भाइरसलाई हल्कारुपमा लिनु नै अधिकांश मुलुकको गल्ती : डा ओमूर्ति अनिल

प्रकाशित मिति:

काठमाडौं, चैत । मुटुरोग विशेषज्ञ डा ओमूर्ति अनिलले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९०बाट संक्रमित सय जना मध्ये दश जनाको ज्यान जाने गरेको तथ्यांक भएको जानकारी दिनुभएको छ । न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्न कार्यक्रममा डा अनिलले भन्नुभयो, इटालीको पछिल्लो तथ्यांकलाई हेर्दा कोरोना संक्रमित सय जनामध्य दश जनाको ज्यान जाने गरेको पाइएको छ । त्यस्तै चीनमा दुई तीन प्रतिशत देखिएको थियो । र, समग्रमा विश्वभर हेर्ने हो भने चार प्रतिशत हुन आउँछ ।  यसैबीच एउटा सुविधा सम्पन्न अस्पतालमा एउटा हर्टअट्याकको विरामी आएमा उनको ज्यान जाने जोखिम आठदेखि दश प्रतिशत हुने डा। अनिलको भनाइ छ । कोरोना भाइरस र हर्टअट्याकको तुलना गर्नु राम्रो नभएको बताउँदै उहाँले भन्नुभयो, “मृत्युको हिसाबले हेर्ने हो भने कोरोनाले एकैपटक विश्वलाई असर गर्नसक्छ । पूरै परिवार र समाजलाई एकै पटक असर गर्नसक्छ । तर, हर्टअट्याक भनेको एक जनाबाट अर्कोमा सर्नसक्दैन ।”

उहाँले थप्नुभयो, “रुघाखोकी, फ्लूबाट वर्षेनी यति धेरै मान्छै मर्छन् तर कोरोनाबाट यति थोरै मात्र मरेका छन् भन्ने विभिन्न किसिमका सोसल मिडियामा कप्यारिजन देखिन्छ । जसले गर्दा मान्छेलाई डर नलाग्ने बनाइदियो । तर, कोरोना सरुवा रोग हो । संसारभर एक रुप लिइसक्यो यसले । एक जनाबाट अर्कोमा सर्नु, जवान मान्छेलाई असर गर्नुका साथै सामाजिक, आर्थिक र पूरै देशलाई दशकौं वर्ष पछाडि धकेलिसक्यो । यसैबीच उहाँले यस विषयमा अधिकांश राष्ट्रहरु संवेदनशील नबनेको आरोप पनि लागाउनुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो हेल्थ सिस्टम राम्रो छ, हाम्रो जनताहरु एकदमै बुझेका छन, हामी जस्तो परिस्थितिलाई पनि सामना गर्नसक्छौं भन्नेहरु भ्रममा परे, त्यसैले उनीहरुलाई ठूलो समस्या आइलाग्यो ।@news24nepal/tv