न्यूयोर्कमा नयाँ केस घट्दै , अमेरिकामा ४१ हजारको कोरोनाबाट मृत्यु,

प्रकाशित मिति:

काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजारभन्दा माथि पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा यस भाइरसबाट आईतबारसाँझसम्म ४१ हजार ३ सय ७९ जनाको मृत्यु भएको छ भने विश्वभर ७ लाख ६३ हजारमा संक्रमण पुष्टि भएको छ। आईतबार ह्वाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म ४१ लाख ८० हजार अमेरिकी नागरिकमा कोरोना भाइरस टेष्ट गरिएको जानकारी दिए । उनले बढीभन्दा बढी व्यक्तिको परीक्षण गरिने पनि पनि बताए । उनले अमेरिकाले जति परीक्षण अरु कुनै पनि देशले नगरेको दाबीसमेत गरे ।

साथै कोरोनाविरुद्ध लड्न आवश्यक आर्थिक सहयोगका लागि डेमोक्रेटीक पार्टीका नेताहरुसँग छलफल गर्ने जानकारी पनि ट्रम्पले दिएका छन् । उनले महामारी फैलिनबाट रोक्न महत्वपूर्ण भूमिका खेलेको भन्दै न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोलाई धन्यवादसमेत दिए। यस ट्रम्प र कुमोबीच लकडाउन नियमित गर्ने कि खोल्ने भन्ने विवाद देखिएको थियो।यसैबीच अमेरिकामा कोरोना भाइरस संक्रमणको केन्द्र न्यूयोर्कमा नयाँ संक्रमितको संख्या घटिरहेको त्यहाँका गभर्नर कुमोले बताएका छन् । ‘यदि कोरोना संक्रमणका नयाँ बिरामीको संख्या यसैगरी घटिरह्यो भने न्यूयोर्कको स्थिति पहिलेको भन्दा राम्रो हुँदै गएको मान्नुपर्छ । तर यो स्थिति यस्तै रहन्छ कि रहँदैन भन्ने कुरा अहिल्यै केही भन्न सकिँदैन’, उनले भनेका छन् । साथै उनले आगामी सातादेखि न्यूयोर्क राज्यभर कोरोनाको एन्टीबडी टेस्टिङ अभियान सुरु गरिने पनि बताए । संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन हरेक हप्ता १४ हजार जनाको कोरोना टेस्ट गरिने उनको भनाइ छ ।@kathamandupress