दुखद खबर :कोरोना संक्रमणबाट नेदरल्याण्डमा नेपाली महिलाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं /कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ । नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन तर विदेशी भुमिमा भने धेरै नेपालीले ज्यान गुमाएका छन् ।पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्डमा बस्दै आएकी महिलाको संक्रमणका कारण ज्यान गएको छ ।

नेदरल्याण्ड बस्दै आएकी ३९ वर्षीया लक्ष्मी भट्टचनको कोरोना संक्रमणबाट ज्यान गएको छ।चिकित्सकको सल्लाह अनुसार भट्टचन एक महिनादेखि ‘होम क्वारेन्टाइन’मै बस्दै आएकी थिइन्‌।तर संक्रमणले च्यापेपछि उनलाई अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको मोना आइसीका वरिष्ठ उपाध्यक्ष भीम पूर्जाले जानकारी दिए। मृतक भट्टचनका श्रीमान, एक छोरा र एक छोरी छन्।हालसम्म कोरोना संक्रमणबाट विश्वरभर २८ नेपालीको मृत्यु भएको छ।-खबरहब बाट साभार