वालिङ्गमा गलत संस्कृतिको बिजारोपण भयो : पौडेल

प्रकाशित मिति:

विष्णु पौडेल । यतिखेर वालिङ्गमा एउटा गलत संस्कृतिको बिजारोपण भएको छ । नेपाल भारतको सिमाना धार्चुलामा अवरुद्ध व्यक्तिहरुलाई उद्धार गरि वालिङ्गमा ल्याउने काम प्रसंशनीय छ । तरपनि, कोभिड १९ रोकथामका लागि निरन्तर क्रियाशील जनप्रतिनिधिहरु, स्थानीय सरकार र वडा प्रहरी कार्यालय र सुरक्षाकर्मी लगायतको सराहनीय भूमिकालाई ओझेलमा पार्नका लागि सत्ताको आडमा रहेर केही व्यक्तिद्धारा स्थानीय सरकार नगर प्रमुख र वडा अध्यक्ष लाई जोडेर अर्नगल प्रचार बाची गर्न खोजिएको छ, यो सरासर गलत र निन्दनीय छ ।

अहिले हामी सबैको प्राथमिकता भनेको समग्र स्याङ्गजा जिल्ला भित्र र बाहिर रहेका समग्र स्याङ्गजाजिल्ला बासीहरुकोको उद्धार, राहत र अन्य समस्यालाई समाधान गर्नु हो । यसका लागि सबै एकताबद्ध भएर जुटौ । अनावश्यक राजनीति रंग दिएर राजनीति गर्ने समय होइन । जिम्मेवारीपूर्वक काम गर्ने समयमा धमिलो पानीमा माछा मारेर कार्यक्रर्ताहरु बढाउने दाँउमा नलागौ । राजनीति नै गर्ने बेला कसरी गर्नुपर्दछ भन्ने सचेतना हामी सबैमा छ । सजग रहौ । अतिरन्जीत र गलत लाल्छना लगाएर आफू महान र अन्य केही होइन भन्ने गलत काम कदापि नगरौ । जय नेपाल। लेखक विष्णु पौडेल नेपाली कांग्रेसका युवा नेता हुन्