ड्रिम टेक्निकल कलेजद्धारा नवलपरासीमा पहिले पटक अनलाईन कक्षा संञ्चालन

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख ६ गते,
नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा रहेको डिम टेक्निकल कलेजद्धारा पश्चिम नवलपरासी जिल्लामा नै पहिले पटक अनलाईन कक्षा संञ्चालन गरेको छ । अहीले लकडाउनको समयमा विद्यार्थीहरुको खालि समय रहेको र यो खालि समयमा फरक ढड्डले शिक्षण सिकाइ गराइएको ड्रिम टेक्निकल कलेजका अध्यक्ष्ँ सिसम पाण्डेले बताउनु भयो । नवलपरासी जिल्लामा नै पहीलो पटक सिकाईमा नविनतम अभ्यास ड्रि«म टेक्निकल कलेजले गरेको बताउदै उहाले अबको अभ्यास प्रविधि मैत्री सिकाई हुनुपर्ने बताउनु भयो । उहा भन्नुहुन्छ –‘हामीले प्रविधिबाट शिक्षण सिकाई क्रियाकलापलाई निकै प्रभावकारी रुपमा सञ्चालन गरीरहेका । अबको शिक्ष्ाँ प्रविधिसंग जोडिनु आवस्यक छ ।’


विशेषगरी कम्युटर, ब्रिजकोर्ष, सिटिइभिटिका विभिन्न कोर्षहरु र ट्यूसन कक्षाहरु सञ्चालनमा रहेको यस कलेजमा परीक्षण स्वरुप चैत्र ५ गतेदेखी कम्युटरको कक्षा अनलाईन प्रविधिबाट सुरुवाद गरीएको कलेजका प्रबन्ध निर्देशक रिम पाण्डेले बताउनु भयो । उहा भन्नु हुन्छ –‘हामीले परीक्षण स्वरुप कम्युटरका कक्षाहरुबाट सुरुवाद गरैं त्यसपछि अहीले बिबिएस तेस्रो, चौथो वर्ष र कक्ष्ाँ १२ का विभिन्न विषयका ट्युसन कक्ष्ाँहरु नियमित संञ्चालन गरेका छौं ।’

लकडाउनको समयमा घरमै बसेर पढ्नपाएकोले राम्रो भएको विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थि सौगात अधिकारीले बताउनु भयो । नवलपरासीमा नै पहीले पटक अनलाईन कक्षाबाट ड्रिम टेक्निकल कलेज हाल करीव एक सय भन्दा बढि विद्यार्थीहरुले पढिरहेका छन् ।