गुल्मीमा आगलगी हुँदा १ को ज्यान गयो

प्रकाशित मिति:

चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार वडाध्य्क्ष पुर्णबहादुर खनालको घरमा आगो लागि हुँदा उनका १६ बर्षिय छोरा समीर खनालको ज्यान गएको हो । वडाद्य्क्ष खनाल र उनकी श्रीमति रुपा खनाल घाइते भइ पाल्पा रिफर गरिएको गाउँ पालिका अध्यक्ष खत्रीले जानकारी दिए । लकडाउनका कारण तिनै जना घरमा थिए । बाबू आमा बाहिर निस्कन सके तर छोरा सकेनन् र ज्यान गयो खत्रीले भने । आगो बिधुत सर्ट भइ लागेको जनाइएको छ ।स्रोत : वुद्ध टिभी