नेविसंघ स्याङ्जा द्धारा सेनिटाइजर र सावुन जिल्ला कारागार स्याङ्जामा हस्तान्तरण

प्रकाशित मिति:

स्याङ्जा । नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्यसमिति स्याङ्जा द्धारा सेनिटाइजर र सावुन जिल्ला कारागार स्याङ्जालाई आइतबार हस्तान्तरण गरेको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट जोगिन न्यूनतम सुरक्षाका उपकरण नपाएको गुनासो भइरहेका बेला नेविसंघ स्याङ्जाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । नेविसंघले राष्ट्र संकट र सन्त्रासपुर्ण परिस्थितिमा रहेको सवै अवस्थामा सहकार्य र सहयोग गर्दै आएको र अहिले पनि सक्दो सहयोग गर्ने क्षेत्रीय सभापति विज्ञान भण्डारी ले बताए । उनले भने कारागारमा धेरै व्यक्तिहरु एकै ठाँउमा बस्नुपर्ने भएकाले अझ संवेदिनशील हुन्छ, हामीले दिएको सेनिटाइजरले कोरोना संक्रमणबाट बच्न सहयोग गर्ने विश्वास लिएको छु ।

जिल्ला कारागार स्याङ्जाका प्रमुख चुडामणी भण्डारीले नेपाल विद्यार्थी संघ स्याङ्जाले सह्रानिय काम गरेको बताउँदै उनले महामारीको रुपमा फैलिएको कोरोनाका रोकथामका लागि सेनिटाइजरको प्रयोग अपरिहार्य रहेको बताए । नेविसंघ क्षेत्रिय सभापति विज्ञान भण्डारीले नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापति वुद्धि बहादुर ९कुमार० राना, नेविसंघ जिल्ला सभापति अजित क्षेत्री, नेविसंघ नेता ई। अनुप श्रेष्ठ, क्षेत्रिय उपसभापति सौजन गुरुङ् र स्वीयु उपसभापति तथा नेविसंघ त्रि।आ क्याम्पस एकाई सभापति गौरव प्रधानको उपस्थितीमा सेनिटाइजर र सावुन हस्तान्तरण गरिएको हो ।  यस अघि नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति स्याङ्जा द्धारा ४० हजार बराबरको थर्मोगन जिल्ला प्रशासन कार्यलय स्याङ्जालाई हस्तान्तरण गरिसकेको छ ।