काठमाडौं नछाड्न नेताहरुलाई निर्देशन दिए

प्रकाशित मिति:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका आफूनिकट नेताहरुलाई राजधानी नछाड्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्रिपरिषद बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि धेरै नेताहरुले यसबारे प्रचण्डसँग चासो राखेका थिए । जवाफमा प्रचण्डले यस विषयमा छलफल चलिरहेको भन्दै राजधानी नछाड्न आफूनिकट नेताहरुलाई निर्देशन दिएको एक नेताले जानकारी दिए ।