प्रदेश पाँचमा नेपाल कोभिड १९ ट्रेसिङ एप निर्माण तथा संचालन

प्रकाशित मिति:

रीमा बि.सी.बुटवल/विश्वभर कोरोना भाईरस (कोभिड (१९) महामारीको रूपमा फैलिएसँगै प्रदेश नं. पाँचले यो महामारीको बारेमा सही जानकारी लिन र प्रकोपलाई नेपालमा फैलन नदिने उद्देश्यले नेपाल कोभिड (१९ ट्रेसिङ एप निर्माणतथा संचालनमा ल्याएको छ ।प्रकोप विरुद्ध लड्नु सबै नागरिकको जिम्मेवारी र दायित्व भएको भन्दै देश लकडाउनको अवस्थामा रहेकोले सूचना तथा संचार प्रविधिको माध्यमबाट प्रकोप विरुद्ध लड्ने लागिका यो एपले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

एप निर्माण तथा संचालनमा आएपछि कोभिड (१९ को संक्रमण भइहालेमा संक्रमितसंग सम्पर्कमा आएकाहरूको विवरण पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले प्रदेश ५ सरकारले यो एपनिर्माण गरी सार्वजनिक गरेको छ । यस एपले कोभिड १९ भाइरसबाट संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूको विवरण पत्ता लगाउन मद्दत गर्ने । जस्तैः द्यगिभतययतज मा आधारित प्रविधिको प्रयोग गरिएकोले नियमित इन्टरनेट वा मोवाइल डाटाको प्रयोग गरिरहनु नपर्ने,अफलाइन र अनलाइन दुवै अवस्थामा चलाउन सकिने र अफलाइन अवस्थामा चलाउँदा संकलन भएको विवरण अनलाइनमा हुँदा स्वत अपडेट हुने ।,कोभिड(१९ भाइरसको सम्भावित संक्रमितको पहिचानका लागि सजिलै गर्न मिल्ने ।, सिङ्गापुर, दक्षिण कोरिया जस्ता देशहरूले समेत कोभिड -१९ को नियन्त्रणका लागि ऋयलतबअत त्चबअष्लन गर्नका लागि यो प्रविधिको प्रयोग गरिरहेको ।, यस एपको माध्यमबाटसंकलित विवरणहरू प्रदेश ५ सरकार संग सुरक्षित रहने र कोभिड (१९ को नियन्त्रण एवम् व्यवस्थापनका लागि मात्र प्रयोग गरिने र प्रयोगकर्ताहरूको सूचना पूर्णतया गोप्य रहने ।
त्यसैगरी यस एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले जिपिएस लोकेसन तथा संक्षिप्त विवरण पेस गरी लग(इन गर्न सकिन्छ ।

लगअप्सन अन गरिराख्नु पर्ने हुन्छ ।यस एपको एउटा प्रयोगकर्ता अर्को प्रयोगकर्ताको नजिक जाँदा द्यगिभतययतज प्रविधिको माध्यमबाट दुईजनाको एपमा सूचना आदान प्रदान हुन्छ,। यसरी सम्पर्कमा आएका सवैको सूचना एप मार्फत प्राप्त हुने हुँदा यदि कुनै प्रयोगकर्ता पछि परिक्षणमा कोभिड १९ पोजेटिभ पाइएमा प्रयोगकर्तासँग सम्पर्कमा आएका अन्य प्रयोगकर्ताहरूको विवरणबाट सजिलै संग तथा Rapid Contact Tracing नगरी सजिलैसँग सम्भावित सवैको विवरण प्राप्त गर्न सकिन्छ । यो एप प्रदेश नं. ५ मुख्यमन्त्री पोर्टलn (http://cm.p5.gov.np) उछ।मा गई डाउनलोड गर्न सकिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर के.सी.ले बताउनुभयो ।