अध्यादेश ल्याउने निर्णयपछि कांग्रेसले प्रवक्ताले भने बेमौसमी बाजा नबजाऔं

८ बैशाख २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले कोरोनाभाइरसको महामारीकाबीच बेमौसमी बाजा नबजाउन सरकारलाई आग्रह गरेको छ । सरकारले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्ययादेश ल्याउने निर्णय गरेसँगै कांग्रेसले यसलाई बेमोसमी बाजाको संज्ञा दिएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसारमा अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने भएको र नेपालका लागि पनि यतिबेला अन्य सबै विषय गौण भएको र रहनुपर्ने उल्लेख गरेका छन् । उनले नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहन सम्पूर्ण सोच र शक्ति समर्पित हुनुपर्ने जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया