कोभिड १९ राहत कोषमा झण्डै ३१ लाख संकलन

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ-वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा सोमबारसम्म झण्डै ३१ लाख संकलन भएको छ ।वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा सोमबारमात्रै ६६ हजार १ सय ११ नगद थप भएको छ । सोमबार थप भएको रकमसँगै हालसम्म नगद तथा खाद्यान्न गरी रु. ३० लाख ७९ हजार ६ सय १० संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा सोमबार नेपाल मगर बौद्ध सेवा समाज प्रज्ञा शान्ति बौद्ध बिहारबाट ११ हजार १ सय ११, नेपाल मगर संघ बायँटारी, झोलुङ्गे, थानपाटाबाट १५ हजार, ग्रहौं प्राथमिक अस्पताल वालिङका डाक्टर मोहन बिकबाट १५ हजार, नेपाली काँग्रेस वालिङ ७ का सभापति बखतबहादुर गुरुङबाट २५ हजार गरी सोमबारमात्रै ६६ हजार १ सय ११ नगद संकलन भएको हो ।नगरपालिकाको राहत कोषमा हालसम्म नगद २३ लाख, ९१ हजार ६ सय १० र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल रु. ३० लाख ७९ हजार ६ सय १० संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।