अध्यादेश ल्याउने निर्णयप्रति नेविसंघ महामन्त्री पाण्डेयको आक्रोश

प्रकाशित मिति:

काठमाडौ । हिजो मात्रै सरकारले दुइ अध्यादेश संबैधानिक परिषद् सम्बन्धी र राजनीतिक दल सम्बन्धी संसोधनको लागि मन्त्रिपरिषदबाट सिफारिस गरेको र तत्कालै राष्ट्रपतिबाट जारी गरिएको सन्दर्भमा सरकारको अध्यादेश ल्याउने निर्णयको नेपाल विद्यार्थि संघका महामन्त्री युवराज पाण्डेयले विरोध गरेका छन् ।

उनले भनेका छन् : देश र आम जनता कोभिड १९ बिरूध्द लडिरहदा संबैधानिक परिषद् सम्बन्धी र राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश संसोधनका लागि मन्त्रिपरिषद्को नियोजित तर आकस्मिक सिफारिस अनि राष्ट्रपतिको जारी गर्ने हतारो आखिर के का लागि ? कतै यसमा पनि नेपाली कांग्रेस नै दोषी देख्नु हुन्छ कि सत्ताधारीहरूले कानुनी शासन होइन आफू अनुकूल कानुन बनाउने र अधिनायकवादी शासन चलाउने षणयन्त्रसहित यी राजनीतिक घटनाक्रम तीब्र गतिमा विकास भैरहेका छन्। ओली नेतृत्वको सरकारको मनसाय छर्लङ्ग भैसकेको छ। यस्ता असंबैधानिक, घृणित,असम्वेदनशिल र गैरराजनीतिक खेलहरूको जति नै निन्दा गरे पनि कमै हुन्छ।