किसानको करेसाबारीमा रेसुङ्गा नगरपालिका

प्रकाशित मिति:

पुर्ण बिश्वकर्मा/गुल्मी-गुल्मीको रेसुङ्गा नगरपालिकाले बन्दाबन्दी लकडाउन  मा पनि सामाजिक दुरी कायम गर्दै हाटबजार संचालनमा ल्याएको छ १ लकडाउनको कारण किसानको उत्पादनले बजार नपाउने देखेपछि नगरपालिकाले हाटबजार संचालनमा ल्याएको हो १ अन्यत्र स्थानियतहका किसानले टाउको समाउनु परेका बेला गुल्मीको रेसुङ्गा नगरपालिकाले भने किसानको मर्म बुझेको छ १ नगरपालिका किसानकै करेसाबारीमा पुगेर तरकारी लगायत अन्य कृषिजन्य उत्पादन खरिद गरि हाटबजारमा ल्याउने गरेको छ १ लकडाउनको कारण बिक्री हुन नसकेको तरकारी नगरपालिकाले खरिद गरिदिए पछि आफुलाइ निकै राहत भएको अर्खलेका एक किसान बताउनु भएको छ  नगरपालिकाले लकडाउन अबधिभरमा हाटबजार सन्चालन गरि करिब १२ लाख बराबरको कारोबार गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो |

रेसुङा नगरपालिकाले तम्घासको चारिखोलामा १ करोड ३३ लाख ५० हजारको लागतमा निर्माण गरेको नयाँ हाटबजार २०७६ कात्तिकबाट सन्चालनमा ल्याएको थियो १ पाँच मेट्रीकटन क्षमताको शीतभण्डारसहितको हाटबजार पछि किसानलाइ नै हस्तान्तरण गर्ने उद्देश्य लिएको छ
लामो लकडाउनको सामना सामना गर्नु परेका बेला नगरपालिकाले हाटबजार सञ्चालनमा ल्याउदा स्थानियले खुशी व्यक्त गरेका छन