काग्रेस पदाधिकारी बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक अहिले केहिबेरमा बस्नलागेको हो । सरकारले जारी गरेको दुई अध्यादेशका विरुद्धमा पार्टीले कस्तो रणनिती तय गर्ने भन्ने विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

हिजो दलसम्बन्धी र संवैधानिक परिषद् गरि दुई अध्यादेश राष्ट्रपतिबाट हतार हतारमा जारी गरिएको थियो। पुरै विश्व कोरोना संक्रमणसंगलडिरहेको बेला अध्यादेश जारी भएको भन्दै काग्रेसले आपत्ती जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेश जारी हुनुलाई नेपाली इतिहासकै सबैभन्दा दुःखद घट्ना भएको उल्लेख गर्नुभएको छ ।सरकारले भने दुबै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण गराएर नेपाल राजपत्रमा समेत प्रकाशित गरिसकेको छ ।