दुवै अध्यादेशमा पार्टीको पूर्ण समर्थन छैन : नेकपा नेता पौडेल
९ बैशाख २०७७, मंगलवार ० बिचार / प्रतिक्रिया

काठमाडौ । नेकपाका नेता देवेन्द्र पौडेलले सरकारले हिजो जारी गरेका दुवै अध्यादेशप्रति पार्टीको पूर्ण समर्थन नरहेको बताउनु भएको छ । प्रधानमन्त्रीले प्रस्ताव गरेर राष्ट्रपतिले हतार हतार जारी गरेको दल सम्वन्धी र संवैधानिक परिषद् सम्वन्धी अध्यादेशमा पार्टी भित्रै विवाद रहेको जानकारी दिनुभयो ।
अध्यादेशको बारेमा पार्टी भित्र चर्को मतभेद रहेको अहिले यो जारी गर्ने समय पनि नभएको उहाँले नेपाली रेडियो नेटवर्कलाई बताउनुभयो । स्वास्थ्यकर्मीहरुले मास्क नपाएरपनि कोरोनाविरुद्ध लडिरहेका बेला प्रधानमन्त्रीको ध्यान भने उल्टो दिशातिर गएको नेता पौडेलको टिप्पणी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया