नेपालटारमा ट्रकको ठक्करबाट २ जनाको मृृत्यु

प्रकाशित मिति:

काठमाडौं– तारकेश्वर नगरपालिका नेपालटारमा ट्रकको ठक्करबाट २ जनाको मृृत्यु भएको छ । नेपालटार नजिकै लोलाङ हाइटमा ट्रकको ठक्करबाट १ जना पैदलयात्रीको घटनास्थलमै र एक बालकको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफ्रिक नयाँ बसपार्कले जनाएको छ।

प्रहरी नायब निरीक्षक जेजंग कार्कीका अनुसार शुक्रबार बिहान सवा १० बजेतिर ना ६ ख ७८२६ नम्वरको ट्रकले ठक्कर दिँदा पैदल यात्री ६५ वर्षीया तिलकुमारी तिवारी को घटनास्थलमै मृत्यु भएको छ। गोरखा बुंकोट घर भएकी तिवारी नेपालटारमा डेरा गरी बस्दै आएकी थिइन्।

उनीसंगै घाइत भएका साढे ३ वर्षीय बालक अर्जित तिवारीको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कार्कीले जानकारी दिए। घटनामा गम्भीर घाइते भएकी सावित्री पुडासैनीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि स्थानीयले घटनास्थलमा प्रदर्शन गरिरहेका छन् भने मृतकको शव पनि उठाउन दिएका छैनन्। सावारी साधनलाई नियन्त्रणमा लिइएको भए पनि चालक फरार रहेको कार्कीले जनाए।