उत्तर कोरियाका शासक किम जोंग उन सिकिस्त विरामी

प्रकाशित मिति:

काठमाडौं / उत्तर कोरियाका शासक किम जोंग उन सिकिस्त विरामी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।किममा कार्डियोवस्कलर मुटुमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको छ । हयांगसान कस्बेस्थित एक विल्लामा आराम गरिरहेका उनमा शल्यक्रियापछि पनि अवस्था सामान्य हुन नसकेको सीएनएनले दावी गरेको छ ।

धेरै चुरोट तान्ने आदत भएका किममा मोटोमनको समेत समस्या छ । ११ अप्रिलदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएका किम हजुरवुवाको १५ अप्रिलको जन्मदिन कार्यक्रममा पनि सह्रीक हुन नसकेको जनाइएको छ ।

थप समाचार