सहयोगमा जुट्दै धुर्मुस सुन्तली

प्रकाशित मिति:

काठमाडौं/ नेपालमा कोरोना भाइरसको कहरबीच सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका नेपालीलाई धुर्मुस सुन्तली फाउन्डेसनले सहयोग गर्ने भएको छ ।फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस ले यसबारेमा जानकारी दिए । उनले सबै मिलेर मानवीय धर्म निर्वाह गर्नुपर्ने भन्दै सहयोग र समन्वयकारी भूमिका खेल्ने बताए ।

सरकारले गरेको लकडाउनका कारण हजारौं मजदुर समस्यामा परेका छन् । दैनिक काम गरेर गुजारा चलाउने वर्गमा आर्थिक संकट देखिएको छ ।यो संकट र महामारीको बेला लकडाउनको पालना गर्नु हामी सबैको कर्तव्य हो, हामी पनि लकडाउनको पालना गरी घरबाट नै विभिन्न सन्देशमूलक सामग्रीहरु बनाइरहेका थियौं,’ धुर्मुस भन्छन्, ‘कोरोना संक्रमणका कारण लकडाउन लम्बिँदै गर्दा धेरै जनामा अभाव र संकट सिर्जना भएको छ

अब यो समयमा सबैजना मिलेर मानवीय धर्म निर्वाह गर्नुपर्छ ।’उनले यो विषम परिस्थितिमा यदि कोही संकट र अभावमा भए सहयोग गर्न अनुरोध पनि गरेका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेसनका तर्फबाट भनेका छन्, ‘विपतमा पर्नुभएकालाई सहयोग गर्न समन्वयकारी भूमिका निर्वाह गर्न हामी तयार छौं ।’