ट्वीटर र टिकटकका फेक खाताले तनावमा वर्षा

प्रकाशित मिति:

काठमाडौं / नायिका वर्षा शिवाकोटीका नामका टिकटक र ट्वीटर खाता भेटिन्छन् । कतिपय खातामा अपडेट पनि भइरहेको हुन्छ । जसकारण फ्यान झुक्किन्छन् । वर्षालाई भने फेक खाताले तनाव दिएको छ ।यसैबीच वर्षाले टिकटक र ट्वीटरमा कुनै पनि आधिकारिक खाता नभएको बताएकी छिन् ।

उनी भन्छिन्, ‘ट्वीटर र टिकटकमा कतै पनि मेरो आधिकारिक खाता छैन ।’फ्यान झुक्किएपछि वर्षा यी खाताविरुद्ध उजुरी गर्ने चेतावनी समेत दिएकी छिन् । लकडाउन खुलेपछि यी फेक खाताविरुद्ध ‘एक्सन’ लिइने उनले बताएकी छिन् ।फेक आइडीबाट पोस्ट गरेर कसैलाई बदनाम गराउने कोशिश नगर्नुस्, लकडाउन खुलेपछि एक्सन लिइनेछ,’ वर्षा भन्छिन् ।लकडाउनका बेला वर्षा घरमा पुस्तक पढ्ने र फिल्म हेर्ने गरिरहेकी छिन् । उनले मजदूरको सहयोगका लागि भन्दै हालै प्रधानमन्त्री राहत कोषमा रूपैयाँ एक लाख सहयोग गर्ने घोषणा गरेकी थिइन् ।