लोकतन्त्र समाप्त पार्ने नियतका साथ अध्यादेश ल्याईएको भन्दै नेविसंघ महामन्त्री भट्टराईको विरोध

प्रकाशित मिति:

काठमाडौ । लोकतन्त्र समाप्त पार्ने नियतका साथ अध्यादेश ल्याईएको भन्दै नेविसंघ महामन्त्री दिपक भट्टराईले त्यसको विरोध गरेका छन् । उनले भने मुलुक समस्याहरूको भुमरीमा छ, नागरिकहरूका जीवन थप कष्टकर बन्दै गईरहेको।

यो राष्ट्रीय संकटको गम्भीर घडीमा जनतालाई घरमा थुनेर मौका छोपि संविधानको भावना र मर्म विपरीत लोकतन्त्र समाप्त पार्ने नियतका साथ ल्याइएका अध्यादेश आज सम्मकै सबै भन्दा ठुलो राष्ट्रघात हो। यो संकटको बीचमा गरिएको कुटिल सरकारी षड्यन्त्रले नयाँ संकटलाई नीम्तो दिएको छ। जय नेपाल।