भीरकोट ५ र ६ वाड जोड्ने आँधिखोला करिडोरको मोटरेवल पुलको ढलान कार्य सम्पन्न

प्रकाशित मिति:

चुत्र महत/नेपाल सरकारको लक डाउन लाई पूर्ण पालना गर्दै स्याङ्जाको भीरकोट नगरपालिका वडा न.५ र ६ जोड्ने आँधिखोला करिडोरको वगरेवजार स्थीत लुब्दीखोलामा मोटरेवल पुलको ढलान कार्य सम्पन्न भएको छ । स्थानीय तहको चुनाव हुनु अगावै आ.व. २०७३÷०७४ सालमा डि.पि.आर भई माटो  रिक्षण गरी नेपाल सरकारको लगानीमा नेपाल सरकार मार्फत निर्माण गर्ने गरी तात्कालिन सभासद स्व.कमल प्रसाद पंगेनी समेतको सक्रियतामा सरकारको योजनामा समावेश भई वजेट विनियोजन भएकोममा राजनैतिक परिवर्तन र संघ प्रदेश गठन पश्चात वोलपत्र आह्वान हुन नसकेको अवस्थामा रहेको संघ र प्रदेश योजना कार्यान्वयन कार्यविधी अनुसार यस आ.व.मा वोलपत्र आह्वान भई प्रदेश सरकार मार्फत काम गर्ने गरी आ.व. २०७६÷०७७ माघमा २ करोड २५ लाखमा विवेक एण्ड कुवेर विल्ड्रस प्रालि संग सम्झौता भई कामको शुरु भएको उक्त मोटरेवल पुलको ढलान कार्य सम्पन्न भएको स्थानीय समाजसेवी जगन्नाथ अर्यालले वताए ।

 

वडा न. ५ र ६ जोड्ने आँधिखोला करिडोरको मोटरेवल पुलको अवधी आ.व.२०७७÷०७८ असोज सम्म रहेता पनि निर्माण कम्पनीका प्रोपाइटर विवेक तिवारीले अवधी भन्दा छिट्टै सम्पन्न हुने वताए । संघिय सरकारको लगानीमा दुर्त रुपमा निर्माण भैरहेको वयरघारी ढापुक हुदै पर्वत जोड्ने सडकको निर्माण कार्य संघ र प्रदेश सरकारले ठेक्का सम्झौताको माग थपिसकेको तर वजेट व्यवस्था नभएका कारण विचैमा निर्माण कार्य वन्द भएको सन्तोषी निर्माण कम्पनीको भनाइ रहेको छ । ५ वर्ष देखी डी.पि.आर भई वजेट विनियोजन भएको योजना कार्यान्वयन नहुदा स्थानीय वासी दङ्ग परेका छन् । त्यसैगरी भीरकोट ४ र ५ जोड्ने झारखामको मोटरेवल पुलको डिपिआर भई वजेट विनियोजन भैइरहेको भएतापनी प्रदेश सरकारको लापरवाही र टेण्डर हुन नसक्नुका कारण निर्माण हुन नसकेको स्थानीय वासिन्दाहरुको गुनासो रहेको छ ।