पसल खोलेको भन्दै ब्यापारी कुटिए

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली-लकडाउनको बेला पसल खोलेको भन्दै मादक पदार्थ सेवनकर्ताद्धारा एक ब्यापारी कुटिए पछि नियमानुसार पसल खोलेको उद्योग बाणिज्य संघले विज्ञप्ती निकालेको छ ।सिहनिया उद्योग बाणिज्य संघ सिहनियाले एक प्रेश विज्ञप्ती मार्फत आफ्ना ब्यवसायी सदस्य कुटिएकोमा घोर भत्र्सना समेत गरेको छ ।

नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय दाङ, राप्ती गाउँपालिका तथा सिहनिया उद्योग बाणिज्य संघको नियमानुसार र सामाजिक दुरी कायम गरि पसल खोल्दा मादक पदार्थ सेवन गरि आएका स्थानिय एक ब्यत्तिले लकडाउनको बेला पसल खोलेको भन्दै गाँली ब्यज्जती गर्दै बाँसको घाराले कुटपीट गरेकामा सिहनिया उद्योग बाणिज्य संघ सिहनियाले कुटपीट गर्ने ब्यत्तिलाई कानुनि कार्वाहिको माग गर्दै प्रेश विज्ञप्ती जारी गरेको हो ।

पीपरी बजार स्थीत वर्षा किराना एण्ड कस्मेटिक दर्ता नं ११६ का सञ्चालक नन्दराम गुप्तालाई पीपरी निवासी कालीचरण चौधरीले बुधवार कुटपीट गरि गम्भीर घाईते बनाएका थिए ।सिहनिया उद्योग बाणिज्य संघ सिहनियाका अध्यक्ष शान्तराज भण्डारी तथा महासचिव ईश्वरी प्रसाद अधिकारी द्धारा हस्ताक्षरित प्रेश विज्ञप्तीमा न्याय र सुरक्षाका क्षेत्रमा कार्यगर्ने सरोकारवालाहरुले पीडित गुप्तालाई न्याय दिलाईदिन अनुरोध समेत गरिएको छ ।घाईते नन्दराम गुप्तालाई सिसहनिया स्थीत एक मेडिकलमा प्राथमकि उपचार गरि घोराहि अस्पतालमा रिफर गरिएको छ भने कुटपीट गर्ने कालीचरण चौधरीलाई सिसहनिया प्रहरी चौकिले नियन्त्रणमा लिएको सिहनिया उद्योग बाणिज्य संघ सिहनियाका सचिव मदन पोख्रेलले जानकारी दिनुभएको छ ।