नेपालमा पाँचौं कोरोना संक्रमित उपचार पछि निको

९ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/ सुदुरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एकजना कोरोना संक्रमित निको भएका छन् । सेती प्रादेशिक अस्पतालका अनुसार अस्पतालमा उपचारत ३४ वर्षीया अर्का एक पुरुषलाई कोरोना निको भएको हो ।अस्पतालले आज एक विज्ञप्ती निकाल्दै कैलालीको धनगडी उपमहानगरपालीका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएका जानकारी दिएको हो ।

कोरोना निको भएपछि अस्पतालले उनलाई मंगलबार नै डिस्चार्ज गरिदिएको छ । सेती प्रादेशिक अस्पतालमा यसअघि बैशाख ७ गते २१ वर्षीया पुरुषमा कोरोना संक्रमण निको भइ घर फर्किसकेका छन् ।सेती प्रादेशिक अस्पतालमा हाल ३ जना कोरोना संक्रमित भने उपचारत अवस्थामा छन् । सेती प्रादेशिक अस्पतालमा निको भएका दोस्रो कोरोना संक्रमितसँगै नेपालमा कोरोना रोग जित्ने व्यक्तिको संख्या ५ पुगेको छ ।हाल नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३२ पुगेकोमा अब २७ जना मात्रै विभिन्न अस्पतालमा उपचाररत छन् ।-खबरहब 

फेसबुकबाट तपाईको प्रतिक्रिया