सोनु निगममाथि भड्किए दर्शक, पक्राउ गर्न माग

प्रकाशित मिति:

एजेन्सी /बलिउड गायक सोनु निगम फेरि चर्चामा आएका छन् । दुबईमा रहेका सोनुलाई पक्राउ गर्न भारतीय केही दर्शकले आवाज उठाएका छन् । ३ वर्षपहिले गरेको एक ट्वीटले उनलाई पुनः विवादमा ल्याएको हो ।सोनुले गरेको ट्वीटको एक स्किृनशट भाइरल भइरहेको छ । उनले बताएका थिए कि, बिहान उठ्दा अजान९मुस्लिमहरुले मस्जिदमा प्राथना गर्नुका कारण आफ्नो निद्रा खराब हुन्छ । उनले मस्जिद, मन्दिर र गुरुद्वारले ध्वनि प्रदुषण बढाएको बताएका थिए ।

सोनुको यो ट्वीटलाई लिएर सामाजिक सञ्जालमा विरोध भएको छ । विवादका कारण सोनुले ट्वीटर नै छोडेका थिए । अहिले पनि उनीमाथि सामाजिक सञ्जालमार्फत आक्रमण भएको छ ।सोनुलाई दुबई प्रहरीले पक्राउ गर्नुपर्ने भन्दै प्रयोगकर्ताले आवाज उठाएका छन् ।प्रयोगकर्ताले सोनु निगम तिमी कहाँ छौं भन्ने ह्यासट्याग नै चलाएका छन् । यो ह्यासट्याग भारतमा चौंथो नम्बरमा छ ।धेरैले सोनु निगमलाई ट्रोल बनाएका छन् । एक प्रयोगकर्ताले फिल्म ‘पीके’ मा आमिर खान यो ग्रह छोड्दै गरेको तस्वीर शेयर गरेर व्यङ्ग्य गर्दै लेखेका छन्, ‘कहाँ जाँदै छौ सोनु निगमरु’केहीले भने सोनुको समर्थनमा पनि ट्वीट गरेका छन् । सोनु यतिबेला भने लकडाउनका कारण दुबईमा छन् ।खबरहब बाट