कोरना नतिजा नेगेटिभ दुईलाई घर पठाईयो 

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/दाङ जिल्लाको राप्ती गाउँपालिका स्थीत सर्बोदय माध्यामीक विद्यालयको क्वारेन्टाईनमा रहेका दुई लाई थप केहि दिन होम क्वारेन्टीनमा बस्ने गरि घर पठाईएको छ ।विश्व विख्यात समस्या कोरना भाईरसको बढ्दो संक्रमणको रोकथाम तथा सजगतका लागि अन्य जिल्ला तथा देश बाट घर आउनेलाई राप्ती गाउँपालिकाको दुई स्थानमा क्वारेन्टिन स्थापना गरि बस्ने ब्यवस्था मिलाईएको थियो ।

काम गर्ने शिलशिलामा संक्रमित भेटिएको जिल्ला वाट पैदल तथा हुलहालमा समाबेश हुदै आएका राप्ती गाउँपालिका वडा नं ९ बरडाडाँका वर्ष ५० का धन बहादुर वि. क. र वर्ष १९ का दिपक वि.क.लाई जिल्ला स्वास्थ्य कार्यालय दाङ र सिसहनिया स्वास्थ्य चौकीको नियमित चेकजाच र आर डि किट वाट रक्त परिक्षण गर्दा कोरना नतिजा नेगेटिभ आएको हुदा घरमै केहिदिन होम क्वारेन्टाईममा बस्ने गरि बिदा गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।

मंगलवार राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, लेखा अधिकृत धन प्रसाद शर्मा, स्वास्थ्य शाखा संयोजक नारायण राउत, लेखापाल रेशमराज अधिकारी लगायतको गाउँपालिकाको टोलिले दुई धन बहादुर वि. क.र दिपक वि.क. संग भेटघाट गरि क्वारेन्टाईनको बसाईको अवस्था बारे बुझि घर जाने सहज बाटो सम्म जानको लागि एम्बुलेन्सको ब्यवस्थाका साथ विदाई गर्नु भएको थियो ।कोरना भाईरसको संक्रमणको जोखीम रोक्न लगडाउन गर्नुपुर्व भारत वाट राप्ती गाउँपालिकामा १ सय ५६ जना आएको मा सबैलाई होम क्वारेन्टिनमा राखीएको थियो साथै समय समयमा उनिहरुको स्वास्थ्य चेक जाच समेत गरिदै आईएको थियो ।