आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध ६० दिनसम्म कायम रहने

प्रकाशित मिति:

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध ६० दिनसम्म कायम रहने प्रष्ट पारेका छन् ।यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृति खोजी गरिरहेकाहरुको हकमा मात्रै हुने ट्रम्पले बताएका छन् । अर्थात ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनसम्म रोकिने छ ।

सोमबार ट्वीट मार्फत आप्रवासन सम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेका राष्ट्रपति ट्रम्पले मंगलबार यसबारे अझ प्रष्ट पारेका हुन् ।कोरोना भाइरसले रोजगारी गुमाएका अमेरिकीहरुको रोजगारी सुनिश्चित गर्नका लागि यस्तो निर्णय लिइएको उनले बताएका छन् ।बीबीसीका अनुसार अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागु हुने छैन ।खबरहब बाट