नेकपाका इमानदार कार्यकर्तालाई यक्ष प्रश्न ?

१० बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


हरी प्रसाद पौडेल । समाजको सचेत नागरिकका हिसाबले सामाजिक रुपान्तरण र अग्रगमनका लागि कुनै एक प्रगतिशील मानिएको दल रोज्नु स्वाभाविक र अनिवार्य मानिन्छ लोकतान्त्रिक शासन व्यवस्थामा। राजनीतिक दलको कार्यकर्ता हुनु र इमानदार हुनुको अर्थ यो होइन कि आफू समर्थक दलले जे जस्तो नीति, कार्यक्रम ल्याओस् वा नेतृत्वले जनपक्षीय काम गरोस् वा नगरोस् त्यसलाई अन्धभक्त भई सहीछाप ठोक्नै परोस्।  हिजो प्रदेश र केन्द्र सरकारको निर्वाचन पूर्व अचानक तत्कालीन नेकपा एमाले र नेकपा माओवादी बीच पार्टी एकीकरण गरियो। पानी बाराबारको स्थितिमा रहेका दुई दलबीचको एकीकरणले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरण ल्यायो। वामपन्थी एकताले पक्कै शुभ सङ्केत देला भन्ठानेर मन अमिलो पारेरै भए पनि कार्यकर्ताले एकीकरण सहर्ष स्वीकारे। एकीकरणले नेकपालाई झन्डै दुई तिहाई मत दिलायो र शक्तिशाली पार्टीको शक्तिशाली सरकार निर्माण भयो।

पार्टी नेतृत्वले हिजो किन अचानक पार्टी एकीकरण गर्यो त रु त्यसले आम जनतालाई के कति फाइदा पुर्यायो रु त्यसको समीक्षा हुने नै छ तर ध्रुव सत्य यो हो कि एकीकरणले चुनावमा राम्रो मत दिलायो । नेकपाका एउटा अध्यक्षलाई प्रधानमन्त्री बनायो। नेतृत्वका अघिपछि रहिरहने नेताजीलाई मन्त्री बनायो। केही आसेपासेलाई सल्लाहकार बनायो। केही अवसरवादीहरूलाई थप अवसर दिलायो। टाठाबाठा कार्यकर्तालाई वैदेशिक भ्रमण दिलायो। स्वार्थका लागि दल रोजेका केही व्यावसायिक प्रतिष्ठान, ठेकेदारहरूलाई मालामाल बनायो। आम जनतालाई खासै परिवर्तन गरेन र पनि इमानदार कार्यकर्ता पाँच वर्षभित्र त पक्कै केही होला भन्दै प्रतीक्षामा दिन काटिरहेका छन्।  प्रसङ्ग भर्खर सरकारले ल्याएका दुई अध्यादेशतिर मोडौँ। विश्व कोरोना भाइरसले सङ्क्रमित भइरहेको र सम्पूर्ण शक्ति त्यसमै केन्द्रित भइरहेको अवस्थामा सरकारले आफ्नै पार्टीको उच्च तहमा समेत छलफल नचलाई किन अध्यादेश ल्यायो तरु त्यसले आम नागरिकका दैनिक सबालमा कुनै सकारात्मक प्रभाव पार्छ तरु पक्कै पनि पार्दैन।

शक्तिशाली दलको शक्तिशाली सरकारले किन अचानक दल विभाजनका लागि सहज हुने बाटो रोज्योरु कानुन कसैको निहित स्वार्थ पूरा गर्ने औजार हो ररु होइन र हुनु हुँदैन। संवैधानिक परिषद्का आफ्न‌ै आदर्श र मान्यता होलान्। म त्यसभित्र छिर्न चाहन्न तर यो घडीमा ल्याइएको उक्त प्रस्ताव अमुक स्वार्थ पूर्तिका लागि नै हो भन्ने कुरा जो कोहीले पनि अड्कल गर्न सक्छ। नेकपाका इमानदार नेता, कार्यकर्ताहरू१ कहिलेसम्म हामी नेतृत्वका हरेर गतिविधि मूकदर्शक बनेर हेरिरहनेरु वर्षौपछिको स्थिर सरकारलाई छिन्नबिन्न बनाउन मलजल गर्ने, पुनस् अस्थिरता निम्याउने मार्ग प्रशस्त गरिदिने, संवैधानिक परिषद्लाई स्वार्थ पूर्तिको माध्यम बनाउने गरी आएका अध्यादेश कसैका हितमा छैनन्। हामीलाई स्थिरता चाहिएको छ,गरी खाने वातावरण चाहिएको छ र कानुनी राज्यको प्रत्याभूति हुने वातावरण चाहिएको छ। कसैले अमुक स्वार्थ सिद्धिका लागि दल फुटाउने, मध्यावधि निर्वाचन गराउने या यस्तै असान्दर्भिक गतिविधि गर्ने गरी अगाडि बढे भने इमानदार कार्यकर्ता रैती बनेर उनैसँग सती जाने वा स्थिरताका लागि आफ्नो पार्टीमा दबाब सिर्जना गर्नेरु यो यक्ष प्रश्न इमानदार नेता कार्यकर्ता बीच राख्न चाहन्छु।

फेसबुकबाट तपाईको प्रतिक्रिया