निको हुदै संक्रमित थप दुई संक्रमित कोरोनालाई जितेर घर फर्किए

१० बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – कोरोना भाइरसबाट संक्रमित दुई जना निको भएर अस्पतालबाट घर फर्किएका छन्। बुधबार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३४ वर्षीय पुरुष कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार सेती अस्पतालमा भर्ना भएका कञ्चनपुरका ४० वर्षीय पुरुष र टेकुमा भर्ना भएका धादिङका पुरुष पूर्णरुपमा निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।योसँगै कोरोनालाई जितेर घर फर्किने नेपालीको संख्या सात पुगेको छ। यसअघि काठमाडौंको टेकु अस्पताल, कैलालीको सेती अस्पताल र बागलुङको अस्पतालबाट गरी पाँच जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्। कोरोनाबाट संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङ र बिराटनगरबीचको खेल बराबरीमा सकियो
  • राप्ती गाउँपालिकामा विद्यालयको भौतिक तथा शैक्षिक सुधार गर्न बजेट विनियोजन
  • लुम्बिनी विकास कोष र नेपाल आयल निगम बीच सम्झौता
  • रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा ट्र्याकसुट वितरण
  • स्वर्गिय अनमी बिष्णुकला थापाको स्मृतिमा रु १ लाख रुपैया बराबरको…
  • डाइनामिक पब्लिक लाइब्रेरीको बुटवल शाखा गठन, अध्यक्षमा राजिब खनाल
  • विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारको निरन्तरतामा नकारात्मक प्रभाव पार्दैन :…
  • संसद विघठनले देश राजनितीक अस्थिरता तर्फ धकेलियो : पौडेल
  • प्रदेश स्तरिय हरित पार्कका लागि पाखापानी उत्तर क्षेत्र प्रस्ताव
  • ७२ विद्यालयमा व्यवस्थापन समिति बन्दै