गुल्मीका विभिन्न ठाउँमा रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीद्वारा राहत बितरण

प्रकाशित मिति:

सबलपोस्ट / गुल्मी – कोरोना प्रभाबले गर्दा आफ्नो चुल्हो बाल्न नपाएका घर परिवारलाई रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीले गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ भित्र कुनै पनि परिवारमा खाद्यान्न संकट नपरोस भनेर झण्डै साढे ४ क्विन्टल चामल र ५० किलो दाल प्रदान गरेको छ ।

त्यसैगरी क्लबले मुसिकोट नगरपालिका ५ इन्द्रेगौंडामा ५० किलो चामल , चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ मा ४ क्विन्टल चामल र ५० किलो दाल , गाउँपालिकाकै चिउरीकामा अवस्थित सिद्धबाबा धाममा १ क्विन्टल चामल रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीका अध्यक्ष सुरज खरेलको नेतृत्वमा प्रदान गरेको छ ।

राहत बितरण कार्यक्रममा क्लबका सदस्य अर्जुल पौडेल , कुशल पौडेल , मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा , मुसिकोट नगरपालिका वडा न.५ का वडाअध्यक्ष भागिरत खरेल ,नेपाली कांग्रेस जिल्ला कार्यसमिती सदस्य धिरेन्द्र के.शि.,समाजसेवी रामजी भण्डारी ,विष्णु भण्डारी ,खिमानन्द खराल,कलाधर अर्याल,रामप्रसाद अर्याल, कुल बहादुर थापा , लक्षमण गौतम , पत्रकार महेन्द्र कौशल, मुसिकोट नगरपालिका वडा नम्बर ६ स्थित काप्रे विद्यालयका प्रधानाध्यापक हिमलाल भट्टराई, रिद्रवती होटलका संचालक छबि खरेल,अर्याल कपडा पसलका संचालक अर्जुन अर्याल लगायतको सहभागिता रहेको थियो।