सैनामैना महोत्सवमा दर्शकको उल्लेख्य सहभभागिता

प्रकाशित मिति:

माधव ज्ञवाली
सैनामैना – ९, कार्तिक
तेस्रो राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक व्यापार महोत्सव २०७५ को दोस्रो दिन उल्लेख्य दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन् । सैनामैना व्यापार संघको आयोजना गरिएको महोत्सवले स्थानीय कृषि पर्वद्धन तथा उत्पादनहरुलाई प्रोत्साहन गर्ने ध्येयका साथ महोत्सवमा स्टलहरुको व्यवस्था गरेको छ ।
पछल्लो समय लोक गीत तथा संस्कृति प्रति नेपालीहरुको मन आकर्षित गरिरहेको छ । यसै बिच सैनामैना महोत्सवमा पनि दर्शकहरुको आकर्षणको केन्द्र बनेको छ लोक संस्कृति । महोत्सवको दोस्रो दिन राष्ट्रिय लोक दोहोरी गायक दिपक गरौजा र शान्ती श्री परियारका साथमा स्थानीय कलाकार आरती रुचालको दोहोरीले सैनामैना महोत्सवमा दर्शकहरुलाई छमछमी नचाएका थिए । साथमा हास्य कलाकार पुरुषोत्तम भण्डारीले पेटमिचिमिचि हसाएका थिए । शुक्रवारदेखि सुरु भएको डान्सिङ आइडलमा २० जना प्रतिस्पर्धिले आफ्नो प्रस्तुति दिएको र शनिवार १७ जनाका लागि प्रतिसपर्धा रहने प्रचारप्रसार संयोजक दिपेन्द्र ढकालले जानकारी दिनुभयो ।
शनिवार राष्ट्रिय कलाकार दोहोरी सम्राट प्रजापति पराजुली, सम्झना भण्डारी, सौगात सायर र विधान कार्की प्रस्तुति रहने सांस्कृतिक संयोजक पिताम्वर न्यौपानेले जानकारी दिनुभयो । त्यसै गरी शनिवारका प्रस्तुतिमा डान्सिङ आइडलका साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहने जानकारी दिएको छ । देश निर्माणमा व्यापारको आवश्यकता, व्यावसायीक हितसँगै सामाजिक एकता भन्ने मूल नाराका साथमा सुरु भएको महोत्सव कार्तिक १८ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।