ज्वरो नदेखिए मात्र गण्डकी प्रदेशको स्याङ्जा प्रवेश पाईने

प्रकाशित मिति:

भवानी अधिकारी स्याङ्जा – गण्डकी प्रदेशको मुख्य सिमाना भएर आउने सवारी साधनको स्प्रे र यात्रुको ज्वरो नदेखिएपछि मात्र प्रवेश पाउने भएका छन्। सिद्धार्थ राजमार्ग अन्तर्गत गण्डकी प्रदेशको सीमा नाका भई स्याङजा भित्रिने सबै सवारी साधनको डिस्इन्फेक्सन ९स्प्रे० र चालक तथा यात्रुको ज्वरो नापजाँच गर्ने गरिएको छ।प्रदेश ५ पाल्पा र गण्डकी प्रदेश स्याङजाको संगमस्थल राम्दी नाकामा खटिएका सुरक्षाकर्मी डिस्इन्फेन्सन ९स्प्रे० र स्वास्थ्यकर्मीले ज्वरो नदेखिएपछि मात्र प्रवेश गर्न दिइएको हो। कोरोना भाइरस नियन्त्रणका लागि भन्दै जिल्ला विपद व्यवस्थापन समितिले ५ दिनअघि सीमा नाकामा काँडेतार लगाएर निगरानी कडा बनाएको छ। अत्यावश्यक सेवा बाहेक प्रवेश निषेधको रणनीति अपनापएको समितिले जिल्ला भित्रिने सबै साधनमा डिस्इन्फेन्सन र यात्रुको ज्वरो परिक्षण गर्ने गरेको हो।

सीमा नाकाबाट आउने सबैखालका सवारी साधनलाई डिस्इन्फेन्सनपछि मात्र गण्डकी प्रदेशमा प्रवेश गर्न दिइएको छ। यसले जिल्लालाई सुरक्षित बनाउन सहयोग पुग्छु प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ भन्छन ुलकडाउनलाई प्रभावकारी बनाउन र अनावश्यक आवत जावतमा कडाइ गर्न लागिएको हो। गएको आइतबारदेखि सशस्त्र प्रहरी बलको अस्थायी बिट स्थापना गरिएको छ। नाकामा चौबिसै घण्टा प्रहरी र सेना परिचालन गरिएका सशस्त्रका प्रहरी नायब उपरिक्षक राजेश खरेलले जानकारी दिए। वालिङमा रहेको सशस्त्र प्रहरीबल ३० गुल्मबाट तत्कालको लागि ११ जनाको टोलीलाई सीमा नाका राम्दीमा खटाइएको छ।

लकडाउनका बेला सिद्धार्थ राजमार्ग अन्तर्गतको प्रदेश सीमाबाट दैनिक ३०र४० सवारी साधन भित्रिने गरेका प्रहरी हवल्दार कर्णबहादुर पुनले जानकारी दिए। सीमामा गल्याङ नगरपालिकाले पनि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ। चौबिसै घण्टा खटिने गरी नगरपालिकाले ४ जना स्वास्थ्यकर्मीको परिचालन गर्दै आएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख लीला भण्डारीले जानकारी दिए। ुचैत २ देखि हामी नियमितरुपमा यहाँ कार्यरत छौुं उनले भने। गण्डकी प्रदेशको मुख्य नाकाभई भित्रिने सवारी साधनलाई क्लोरिन झोल तथा किटनास औषधीलगातयले सवारी साधनका टायर, बडी, मुख्यभागमा स्प्रे गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले जानकारी दिए। उनले भने ु गल्याङ नगरपालिकाले ब्लिचिङ पाउडर उपलब्ध गराएको छ।ु स्याङजा खण्ड अन्तर्गत गल्याङ नगरपालिका पर्दछ।