जिल्लाका स्वास्थ्यकर्मी र पत्रकारहरुलाई खाजा वितरण गर्दै सांसद कण्डेल

१० बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


शान्ति तिवारी
नवलपरासी,१० बैशाख ।

पुर्व गृहराज्यमन्त्री एवं सांसद देवेन्द्रराज कण्डेलले कोरोना भाईरसको संक्रमण रोकथाम तथा उपचार सेवा प्रदान गरिरहेका जिल्लाका स्वास्थ्यकर्मी र जनचेतना फैलाउ खटिरहेका पत्रकारहरुलाई खाजा वितरण गर्नुभएको छ । नेपाली कांग्रेस पाल्हीनन्दन गाउँकार्यसमितिको आयोजनामा कुल २८० कार्टुन वाईवाई चाउ–चाउ र २१५ कार्टुन मिनरल पानी जिल्ला समन्वय समिति मार्फत जिल्ला स्वास्थ्य कार्यालय र पत्रकार महासंघलाई हस्तान्त्रण गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएकासांसद देवेन्दंराज कण्डेलेको सहयोगमा प्राप्त २८० कार्टुन चाउ–चाउ र पाल्हीनन्दन गाउँपालिकाको ६ वटा वडा कार्यसमितिको आर्थिक सहयोगमा प्राप्त २१५ कार्टुन पानी समन्वय मार्फत ति दुबै संस्थालाई हस्तान्त्रण गरिएको नेपाली कांगे्रस संगठन विभाग प्रमुख राजेन्द्र सहानीले जानकारी दिनुभएको छ । जिल्लामा कुल ६२० जना स्वास्थ्यकर्मीहरु कार्यरहत छन भने सय भन्दा बढि क्रियाशिल पत्रकारहरु कार्यरत छन्. ।


जिल्लाको ७ वटै स्थानिय तहमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय मार्फत सो खाजा वितरण गरिने र नेपाल पत्रकार महासंघ मार्फत पत्रकारहरुलाई उक्त खाजापानी वितरण गर्ने उद्देश्यले ति दुबै संस्थाहरुलाई हस्तान्त्रण गरिएको सांसद कण्डेलले जानकारी दिनभयो । उहाका अनुसार हस्तान्तरित चाउ–चाउ र पानी जिल्ला स्वास्थ्य कार्यालय मार्फत ४ गाउँपालिकालाई ३०÷३० कार्टुन चाउ–चाउ र २५÷२५ कार्टनु पानी हस्तान्त्रण गरिने छ भने पत्रकार महासंघलाई ४० कार्टुन चाउ–चाउ र ४० कार्टुन पानी हस्तान्त्रण गरिने बतानुभयो ।

यस्तो महामारीको बेलामा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी र जनचेतना तथा सन्देश दिईरहेका पत्रकारहरुलाई दिउँसो खाजा र पानी खान सहयोग होस् भन्ने उद्देश्यले उक्त सामाग्री हस्तान्त्रण गरिएको सांसद कण्डेलले बताउनुभयो । नेपाली कांगे्रस जिल्ला सभापति विष्णु प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद बैजनाथ जयसवाल, , नेपाली कांगे्रस सह अध्यक्ष सुबाष गिरि, नेपाली कांगे्रस जिल्ला सह–सचिव एवं जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, नेपाली कांगे्रस क्षेत्रिय सभापति एवं रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता र जिल्ला सचिव गजानन्द पटेल, पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार, सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय, लगायतले यस सहयोगले स्वास्थ्यकर्मी तथा पत्रकारहरुको मनोबाल बढ्ने र केहि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया