सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप

प्रकाशित मिति:

काठमाडौं – समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई प्रहरीले धनुषाबाट साथमा लिएर काठमाडौं ल्याउन लागेको छ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले दिएको जानकारीअनुसार उनलाई आज धनुषाबाट प्रहरीले काठमाडौं ल्याउन लागेको हो ।

अहिले समाजवादी पार्टी र राजपा नेपालबीच एकता गर्नेगरि गृहकार्य भैरहेको छ । यसको लागि दुवै पार्टीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । स्रोतकाअनुसार दुई पार्टीबीचको एकता भोलि नै हुने भएको छ ।उता  समाजवादी पार्टीका नेता विश्वदिप पाण्डेले पनि यादवलाई अपहरण गरिएको आरोप लगाएका छन् । उनले ट्विटरमा यस्तो लेखेका छन्,”आज वैशाख १० गते साँझ ५.० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाण्डौबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाण्डौतिर लगेको छ reportersnepal