विद्युतीय अपराध गरेको भन्दै पूर्वसचिव भीम उपाध्याय पक्राउ परे

प्रकाशित मिति:

काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।

उपाध्यायमाथि सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेर विद्युतीय अपराध गरेको अभियोग छ । सचिवबाट अवकाश पाएपछि उपाध्यायले सरकारका गतिविधिविरुद्ध खरो आलोचना गर्दै आएका छन् । पछिल्लो समय उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नै भद्दा टिप्पणी गर्दै आएका थिए । अनलाईनखवरवाट