राजपा र समाजवादी पार्टी विच एकीकरण

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकताका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ। बुधबार मध्यराति दुवै पार्टीले एकीकरण गर्ने सहमति गरेका हुन्। एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी रहने सहमति जुटेको छ।

एकताको सहमतिपत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारी तथा समाजवादीका तर्फबाट संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्। एकताको सहमतिपत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने र समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा हरियो रंगको बीचमा तारा हुने सहमति जुटेको छ। यस्तै, पार्टीको चुनाव छाता रहेन टुंगो लागेको छ। सरकारले दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएको तीन दिनमै दुई पार्टी एक बनेका हुन्।