कांग्रेसले बोलायो वैशाख १७ गते केन्द्रीय समिति बैठक

११ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, ११ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय समिति बैठक वैशाख ७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो। बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनुरोध गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

सरकारले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश ल्याएपछि प्रतिपक्षी कांग्रेस त्यसको विरोधमा उत्रिएको छ। केन्द्रीय समिति बैठकमा सरकारले ल्याएका दुई अध्यादेशका विषयमा छलफल हुने बताइएको छ। यसअघि कांग्रेसले सरकारले ल्याएका अध्यादेशबारे संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुसँग बुधबार पार्टी कार्यालयमा छलफल गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामुदायिक रेडियो दाउन्ने बर्दघाट को १० औँ बार्षिक साधारण सभा…
  • लगातार उच्च बिन्दु बनाउँदै नेप्से
  • डोजर लगाउँदा भएको व्यबसायिक क्षेती प्रति बुटवल उवासंघको ध्यानाकर्षण
  • नेसनल प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग
  • समाचार खोज्दाखोज्दै मार्छु भनेर पनि धम्क्याए – पत्रकार शर्मा
  • राप्तीका चार सहकारी एकिकृत भएर बन्यो देउखुरी बचत तथा ऋण…
  • लक्षीत समुहसंग छलफल गरी कानुन बनाउन सरोकारवालाको माग
  • कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो
  • नेपालका करिब २० लाख जनाको पीसीआर परीक्षण गर्दा २ लाख…
  • लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीद्धारा मेउडिहवा आधारभुत विद्यालयमा छात्रवृत्ति…