कोरोनाबाट विश्वभरी निको हुनेको सख्या ७ लाख पुग्र्यो

प्रकाशित मिति:

काठमाडौं, वैशाख । कोरोनाभाइरसबाट विश्वभरी ७ लाख १७ हजार ६ सय २५ जना मानिस निको भएर घर फर्किएका छन्। विश्वभर २६ लाख ३७ हजार ६ सय ७३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै विश्वभरी १ लाख ८४ हजार २ सय १७ जनाले ज्यान गुमाएका छन्। जोन हप्किन्स विश्वविद्यालयका अनुसार १६ लाख ८९ हजार मानिस कोरोनाभाइरस संक्रमण भएपनि सामान्य अवस्थामा छन् भने ५६ हजा ६ सय ७४ जना गम्भीर विरामी छन्।