नवलपरासीमा धमाधम सुरु भए अनलाईन कक्षा

११ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया
128 Shares


प्रकाश न्यौपाने ।
बैशाख ११ गते,
नवलपरासी । पश्चिम नवलपरासीमा लकडाउनको समय जारी रहीरहेको समयमा धमाधम अनलाईन कक्षाहरु सञ्चालन गरीएका छन् । पश्चिम नवलपरासीको बर्दघाट र सुनवल नगरपालिकमा रहेका केही विद्यालाय र इन्ष्टीच्यूहरुले धमाधम अनलाई कक्षाहरु सञ्चालन गरेका छन् । बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा रहेका न्यू लाईफ माध्यामिक विद्यालयले हाल कक्षा ८, ९ र एसईईका विद्यँर्थीहरुलाई लक्षित गरेर कक्षा सञ्चालन गरेको प्राध्यानाध्यापक सन्तोष अधिकारीले बताउनु भयो । उहाका अनुसार बैशाख ७ गते आइतवार देखी एसईईको अनलाईन कक्षा मार्फत पठनपाठन सुरु गरीएको छ । अनलाईन मार्फत अध्ययन गर्दा विद्यार्थीहरुको रुचि पनि बढेको र त्यसको प्रभावकारीता पनि बढेको अधिकारीले बताउनु भयो ।

त्यस्तौ सुनवल १२ भुमहीमा रहेको वेद सिर्जनशिल संस्थाले एसईई का विद्यँर्थीहरुलाई लक्षित गरेर अंग्रजी, गणीत र विज्ञानका कक्षाहरु निशुल्क रुपमा सञ्चालन गरीएको संस्थाका संस्थापक अध्यक्ष कृष्ण पाण्डेले बताउनुभयो । उहाका अनुसार चैत्र २१ गते देखी वेद सिर्जनशिल संस्थाले संञ्चालन गरेको अनलाईन कक्षामा लिन चाहाने सम्पुर्ण विद्यार्थीहरुले अध्ययन गर्न पाउने छन् ।

 

बर्दघाटमा रहेको ड्रिम टेक्निकल कलेजले पनि कक्षा ११,१२ र विविएस विद्यार्थीहरुलाई अनलाईन मार्फत पढाउंदै आएको छ । लकडाउन सुरु हुनु पूर्व नै झण्डै ३ महिना अघि देखि नै वेवसाईट मार्फत र एप्लिकेसनको प्रयोग गरेर कम्प्यूटरको कक्षा सञ्चालन गर्दै अएको ड्रिमका प्रवन्ध निर्देशक रिम पाण्डेले जनाकारी दिनु भयो । विद्यार्थीहरु घरमै बसेर पढ्न सहज होस र कक्षा ११,१२ र स्नातक तहको को परिक्षाको तयारी गरिरहेका विद्यार्थिहरुलाई विषय विज्ञ संग सिधै कक्षाकोठामा जस्तै प्रस्नोत्तर गरी जिज्ञासा पनि राख्न सक्ने गरी अनलाईन कक्षाहरु संचालन गरिएकोले विद्यार्थीहरु उत्साहित रहेको पाण्डेले बताउनुभयो ।

त्यस्तै नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले पनि एसईईका विद्यँर्थीहरुलाई लक्षित गरेर कक्षा सञ्चालन गरेको प्राध्यानाध्यापक खेमलाल शर्माले जानकारी दिनु भयो । उहाका अनुसार अहीले देवकोटाले कम्प्युटर, सामाजिक र अंग्रेजी विषयका अनलाईन कक्षाहरु सञ्चालन गरेको छ । चैत्रको २० गते देखी सुरु गरीएको अनलाईन कक्षामाल इन्टरनेटको पहुचमा रहेका विद्यार्थीहरु नियमित उपस्थिति रहने र यसको प्रभावकारीता बढ्दै गएको देवकोटाका शिक्षक यनराज तिमिल्सीनाले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया