जनकपुरमा जानकी नवमीमा विशेष उत्सव नहुने

प्रकाशित मिति:

जनकपुरधाम/प्रदेश नम्बर दुई को अस्थायी राजधानी जनकपुरमा प्रत्येक वर्ष धुमधामका साथ मनाइँदै आएको जानकी नवमीमा यस वर्ष कोरोना महामारीका कारण विशेष उत्सव नहुने भएको छ ।विश्वभरी कोरोना भाइरसको महामारी फैलिएका कारण नेपाल सरकारले लकडाउन गरेपछि जानकी नवमी उत्सवमा समेत यसको असर परेका छन ।नेपाल सरकारले गरेको लकडाउनको पालना गर्दै जानकी नवमीको अवसरमा यस वर्ष कुनै प्रकारको उत्सव नगरिने जानकी मन्दिर छोटे महन्थ रामरोशन दासले बताए ।

उत्सवकै समयमा कोरोना महामारीको त्रास रहेकाले नेपाल सरकारले गरेको लकडाउनको पालन गर्नु अहिलेको प्रमुख आवश्यक्ता रहेका जानकारी दिए।प्रत्येक वर्ष बैशाख शुक्ल नवमीका दिन मनाइँदै आएको जानकी जन्मोत्सवका दिन जानकी मन्दिरले भव्य कार्यक्रमको आयोजना गर्दै आएको थियो । यस वर्ष मन्दिर भित्रै जानकी जन्मोत्सवको अवसरमा नौ दिनसम्म पूजा आराधना गरिने जानकारी दिए।जानकी मन्दिर स्रोतका अनुसार बैशाख १२ गते घटस्थापनासँगै जानकी जन्मोत्सव मन्दिर भित्रै बैशाख २० गते मनाइने छ । महन्थ दासले विश्वभरी कोरोना महामारी फैलिएकोले जानकी जन्मोत्सवका दिन घर घरमै विशेष आरती गर्न तथा दिपोत्सव गर्न आग्रह गरेका हुन् ।-हाम्राकुरा अनलाईन