भीरकोटको प्रकोप व्यवस्थापन कोषमा ७ लाख ४३ हजार ३ सय ३८ संकलन

११ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


चुत्र महत/भीरकोट- भीरकोट नगरपालिकाको प्रकोप व्वस्थापन कोषमा राहत स्वरुप जिन्सी र नगद रकम आउने क्रम जारी रहेको छ । मानवताको सेवा नै सर्वपरी मान्ने भीरकोट जेसिजले एक कार्यक्रमको विच जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल, भीरकोट जेसिजका संस्थापक उमेश गुरुङ् लगायत भीरकोट जेसिजका पदाधीकारीहरुको उपस्थीतीमा भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी राहत स्वरुप ५०,०००। हजार चेक र ५० थान डिजिटल थर्मोमिटर भीरकोट जेसिजका वर्ष २०२० का अध्यक्ष मिना खाँणले नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेकी हुन ।

राहत रकम वुझ्दै नगर प्रमुख छायाराम खनालले प्रदान गरेको रकमको सहि सदुपयोग गर्दै, कोविड १९ को माहामारी रोक्नको लागी सरकारले गरेको लक डाउनका कारण प्रभावित भीरकोट वासी अति विपन्न गरिव ज्याला मज्दुरी गरी घरपरिवार चलाउदै आएकाहरु जुन वास्तविक प्रभावीत लाई दोस्रो चरणको राहत वितरण गर्ने योजना नगरपालिकाले वनाएको भन्दै लक डाउन वाट नआत्तीन आग्रह गर्नुभयो ।

भीरकोटमा रहि विभिन्न सामाजिक कार्य गर्दै आएको भन्दै यस अघी पनि लक डाउनवाट प्रभावितहरुका लागी १८ हजार वरावरको खाद्यान्न र ग्रामिण क्षेत्रमा ७० थान डिजिटल थर्मोमिटर वितरण गरी सकेको अध्यक्ष मिना खाँणले वताईन । राहत प्रदान कार्यक्रमको संचालन भीरकोट जेसिजका कार्यकारिणी उपाध्यक्ष प्रसुन मगरले गरेका थिए । यसैगरी भीरकोट नगरपालिका वडा न १ निवासी स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउदै आएका प्रसन्न मेडिकल हलका संचालक प्रदिप आलेका छोराहरु प्रसन्न आले र यूवान आलेको आज परेको जन्मदिनको अवसरमा भीरकोटमा लक डाउनवाट प्रभावित हरुलाई रहत होस भनी प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी राहत स्वरुप नगद रु ३३,३३३। र नेपाली काँग्रेस जन सम्र्पक समिति दक्षिण कोरीयाका महामान्त्री कुमार थापाका स्व. आमा मन कुमारी मगरको स्मृतीमा कोषमा जम्मा हुने गरी थापाको वुवा मार्फत राहत स्वरुप नगद १०,०००। हजार गरी आज सम्म नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जिन्सी र नगद गरी ७ लाख ४३ हजार ३ सय ३८ जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न