अब यसो गरौँ

११ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया
558 Shares


टीकाराम न्यौपाने, बुटवल , वर्तमान समयमा विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीसँग जुँधिरहेको छ । शक्ति सम्पन्न राष्ट्रलाई यो भाइरसबाट सिर्जित महामारीको समस्या समाधान गर्ने कुरा फलामको चिउरा चपाउनु सरह भएको छ । यही भाइरसको महामारीले यत्रतत्र सर्वत्र उत्पात मच्चाइरहेको छ भने लाखौँ मानिसले ज्यान गुमाएका छन् ।  कोरोनाले निम्त्याएको यस्तो विषम परिस्थितिमा समेत नेपालमा अहिले ठूलो संख्यामा उक्त भाइरसका सङ्क्रमितहरू नदेखिनु र आजको मितिसम्म उक्त रोगका कारणले नेपाल भित्र कोही नागरिकले ज्यान गुमाउनु परेको छैन । तर पनि हाम्रा भोलिका दिनहरू कसरी बित्नेछन् ? त्यो कुरा हामीले वर्तमान र आगामी दिनमा गर्ने क्रियाकलापमा निर्भर रहन्छ । हो, हामीले कोरोना भाइरसको औषधि पत्ता लगाउन नसकौँला । तर यसबाट जोगिने आधारभूत नियमहरू पालना ग¥यौँ भने मात्र पनि हामी यसबाट बच्न सक्छौँ । यदि हामीले लगातार हरेक क्षेत्रमा कोरोना कोरोना मात्र भनिरह्यौँ र अन्य क्षेत्रको व्यवस्थापनमा ध्यान पु¥याएनौँ भने वर्तमानभन्दा भोलिको हाम्रो दिनचर्या, जीवनपद्धति, समाज र राष्ट्र जटिल मोडमा पुग्न सक्छ । त्यसलै वर्तमान चुनौतीको सामना गर्दै आगामी दिनका लागि उपयुक्त रणनीति समयमै निर्माण गर्न सके पछुताउनु पर्ने छैन । कोरोना भाइरसको महामारीसँग जुध्दै हामी सबै नेपालीको कल्याणका लागि सरोकारवाला सबै चनाखो, मितव्ययी र सतर्क हुन जरुरी छ । सबै सरोकारवालाहरू आआफ्नो क्षेत्रबाट सचेत भएर यसका विरुद्ध मानसिक र भौतिक रूपले तयार हुनु नै आजको आवश्यकता हो । तसर्थ वर्तमान समयमा निम्न कुरामा ध्यानदिनुपर्ने देखिन्छ

१. नेपालमा पछिल्लो पटक जुन अनुपातमा कोरोनाबाट सङ्क्रमित व्यक्तिको सङ्ख्या जुन अनुपातमा वृद्धि भैरहेको छ यसले सबैलाई चिन्तित बनाएको छ । विशेषगरी बारा, पर्सा, बागलुङ, कैलाली र उदयपुरका घटनाले हाम्रो भविष्य अन्योल जस्तै छ । त्यसैले समयमै यसको परीक्षणको दायरा फराकिलो बनाउनु पर्ने देखिन्छ ।२. राहतमा तराईमा उत्पादन हुने चामल, चिउरा र पिठोको सट्टामा स्थानीय रूपमा उत्पादन हुने मकै, कोदो, गहुँ र आलु जस्ता वस्तुलाई बढी जोड दिँदा एकातर्फ ढुवानीको समस्या पनि नहुने र अर्कातर्फ स्थानीय उत्पादनले उचित मूल्य पनि पाउनेछन् ।३. कोरोना भाइरसको बारेमा मात्र केन्द्रित भई रहँदा अन्य रोगका बिरामी छायामा परेको अवस्था छ । तसर्थ अत्यावश्यक स्वास्थ्य सेवा चाहिने अन्य बिरामीहरूलाई सेवा तथा औषधि उपलब्ध गराउन तर्फ ध्यान दिनुपर्ने हुन्छ । ४. जीवनमा सबैभन्दा ठूलो चुनौती भनेको भोक हो । भोकको समाधान हुन नसके कोरोनाको महामारीभन्दा ठूलो सङ्कट देशले भोग्नुपर्छ । यस्तो परिस्थितिमा अहिले देशका विभिन्न स्थानमा फसेर रहेका कृषि श्रमिकहरूलाई सुरक्षित किसिमबाट आआफ्नै ठाउँमा पु¥याएर कृषि कार्यमा लगाउनु बुद्धिमानी हुन्छ ।५. कोरोनाकै कारण देशमा खाने मुख थपिँदै छन् र थपिने क्रम निरन्तर बढ्ने सङ्केत देखिएको छ । प्रदेसिएका नेपालीहरू देशमा भित्रिँदा आयस्रोत ह्वात्तै घट्नेछ । त्यसैले अब सिंहदरवारको पर्खाल भित्र बगैँचा होइन तरकारी खेती सुरु गरौँ । आफनो बँगैचामा फूल होइन खुर्सानी लगाऊ, घरमा कुकुर होइन, कुखुरा पालाँै । बाँझो जमिनमा खेतीपाती गर्न सुरु गरौँ ।
६. भारतमा लकडाउन खुकुलो हुने बित्तिकै नेपाल भारत सीमामा लकडाउनका कारण रोकिएका नेपालीहरू ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्कने छन् । उनीहरूलाई फेरि क्वारेन्टाइनमा राख्ने कि, गाँउ जान दिने हो भन्ने बारे समयमा नै ध्यान दिआँै ।७. थुप्रै निर्णय हुने तर निर्णयको कार्यान्वयनमा नजाने वा कार्यान्वयनमा पुग्दा ज्यादै फितलो हुने विगतका अनुभवबाट पाठ सिकौँ । आगामी दिनमा यही प्रवृत्ति नदोहो¥याउन सक्षम कमाण्डरलाई कामको जिम्मा दिआँै ।८. सबै पक्षको भावनालाई समेटेर अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाउनुपर्छ ।

९. यस्तो बेलामा भिडभाड सहितको बैठक बस्न नसके पनि भर्चुअल बैठकहरू मार्फत् आवश्यक नीति नियमहरू निर्माण गर्नुपर्छ । १०. काम गर्दा गल्ती हुन्छ तर नियत खराब नराखौँ । खराब नियत हुनेहरूमाथि उचित समयमा नै निगरानी गरी कारबाही गरौँ ।११. अप्ठ्यारो र विषम अवस्थामा सरकारको उपस्थिति अझै बढी आवश्यकता रहन्छ । सामान्य अवस्थामा सबैले आआफ्नै पेशा व्यवसाय गरी खान्छन् । त्यसैले राहत वितरणलाई थप व्यवस्थित बनाआँ ।१२. हातहतियारबाट नै सबै युद्ध जितिन्छ र पैसाले नै सबै कुरा गर्न सक्छ भन्ने अमेरिकी मान्यतालाई भन्दा विवेकले ठूलो भूमिका खेल्छ भन्ने हामीले देखिसक्याँ । त्यस तर्फ ध्यान दिआँै ।१३. लामो समयको लकडाउनको कारणले गाउँघरमा रहेका गर्भवती, सुत्केरी महिला, नियमित अक्सिजन लिनुपर्ने बिरामी, नियमित डायलासिस गर्नुपर्ने विरामीहरूको अवस्थालाई समयमैै ध्यान दिन सकिएन भने भोलि झनै ठूलो समस्या आउन सक्छ । त्यसतर्फ सजग बनौँ ।१४. लामो समयदेखि विद्यालय र विश्वविद्यालय बन्द छन् । त्यहाँ अध्ययनरत विद्यार्थीहरूमा मनोवैज्ञानिक असर पर्ने हुँदा शिक्षक, अभिभावक, मनोविज्ञहरूलाई परिचालन गरौँ । किनकि आजको रोगलाई हामी भोलि ठीक पारौँला तर बालबालिकामा परेको मनोवैज्ञानिक असरले सदाको लागि प्रभाव पार्न सक्छ । अहिलेको मनोरोग भोलि दीर्धरोगको रूपमा रहन सक्ने तर्फ ध्यान पनि विचार गरौँ । १५. काठमाडांैको पुरानो बसपार्कमा बन्न नसकिरहेको भ्यु’टावरमा खर्च हुने करोडौं रकम, झापामा १५ अरबको लागतमा बन्दै गरेको ४५२ फिट अग्लो बुद्ध मुर्ति, सोही स्थानमा बनिरहेको ३ अर्ब लगानीको १८ तले भ्यु टावर, त्यस्तै बुटवलको हिलपार्कमा बन्ने ३०÷४० करोडको ४२ फिट अग्लो गौतम बुद्धको मूर्ति र देशै भरिका स्थानीय निकायहरूले अनावश्यक रूपमा निर्माण गरिरहेका भ्यु टावर, स्वागतद्वार आदिमा खर्च गर्ने अरबाँै रकमलाई पाउडर दुध कारखाना, रासायनिक मल उत्पादन कारखाना, स्वास्थ्य चौकी वा अस्पतालहरू आदिमा लगानी गरेको भए, यो विषम अवस्थामा थोरै भए पनि राहात मिल्ने थियो । आगामी दिनमा यस तर्फ पनि ध्यान दिआँ । १६. केही बर्ष अगाडि नाकाबन्दी भोगिसकेका हामीले हाम्रो पेट्रोलियम भण्डारण क्षमताको सुधार गर्नु पर्ने थियो । सरकारले पेट्रोलियम पदार्थको भण्डारणको लागि नेपाल आयल नियमल मार्फत् खरिद गरेको जग्गामा केही व्यक्तिहरूले कमाउने अवसर मात्र प्राप्त गरे । त्यसपछि हाम्रा अन्य कामहरू शून्य प्रायः छन् । सुनिन्छ, अमेरिकाले झण्डै ३० बर्ष लाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गरिसकेको छ र आफ्नै आन्तरिक स्रोतलाई उसले रिजर्भमा राखेको छ । तसर्थ विपत्तिमा निर्णय मात्र होइन, कार्यान्वयन भयो कि भएन, त्यस तर्फ समेत ध्यान दिऔँ ।

१७. अहिलेको विषम अवस्थामा पनि आफ्नो घर परिवार नभनी र आफ्नै ज्यानलाई जोखिममा पारेर कार्यस्थलमा खटिने सम्पूर्ण सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी प्रतिको धारणा सकारात्मक हुनुपर्ने हुन्छ । भारतमा सुरक्षा निकाय र स्वास्थ्य कर्मीसँग नागरिकको समन्वयको अभाव रहेको देखिन्छ । तसर्थ सम्बन्धित निकायले आवश्यक वातावरण सिर्जना गरिदिनु पर्छ । १८. बिस्तारै सुरु हुने बर्षात् सँगै विगतमा झैँ बाढी, पहिरो, हावाहुरी तथा पश्चिम नेपालमा सरुवारोगहरूको महामारी दोहोरिन सक्छ । यस तर्फ सचेत रहँदै हावाहुरी, बाढीपहिरो, आगलागी तथा रोगहरूको रोकथाम तथा जोखिम न्युनिकरण तर्फ ध्यान दिनु पर्ने देखिन्छ ।१९. हामीले एउटा जाडो कटेपछि अर्को वर्ष फेरि अर्को जाडो पनि आउँछ भन्ने मान्यतामा काम गर्नुपर्छ । यसतर्फ कहिल्यै पनि ध्यान दिएको देखिँदैन । सधैँ जहिलेको आँप, उहिलेको झटारो भन्ने मान्यताबाट हामी माथि उठ्न सकेका छैनौँ । त्यसैले हिजो जे भयो बितिसक्यो तर अब यस्तो नगरौँ । २०.सरकारका अपरिपक्व निर्णय र सामाजिक सञ्जालमा फैलिने अनेकौँ अफवाहले हिजो मुम्बईमा घटेको जस्तो घटना दोहोरिन नदिन हामी सबैले सचेत बन्नुपर्छ । २१. अब कृषि मन्त्रालयले अलि बढी सक्रियता बढाउनु पर्ने हुन्छ । अन्यथा अहिले कोभिड १९ ले स्वास्थ्य क्षेत्र थलिए जस्तै कोभिड (१९) ले हाम्रो कृषि क्षेत्र पनि थलिन सक्छ । त्यसैले समयमै होसियार बनौँ र कृषि उत्पादन वृद्धिका लागि आधुनिक, वैज्ञानिक र समयानुकूल कृषि रणनीति तयार गर्न ढिलो गर्नु हुँदैन । समस्या आएपछि समाधान खोजिन्छ । समाधान तत्कालको महामारी टार्नेतर्फ मात्रै भयो भने त्यसले दीर्घकालीन फाइदा दिन सक्दैन । त्यसैले २०७२ सालको महाभूकम्प, नाकाबन्दीमा हामीले भोगेको समस्या र त्यतिबेला नेपालीको मनमस्तिष्कमा देशले नै आफै केही गर्नुपर्छ भन्ने विचार सेलाउन थालेको अवस्थामा कोरोनाले फेरि झस्काएको छ । यस्तो अवस्थामा विगतका भूल, कमजोरी र अल्छ्याइँ छोडेर हामी सबै कोरोना महामारीसँग जुध्दै अब आत्मसम्मान र आत्मनिर्भरताको बाटोतिर लागौँ । यही नेपाल र नेपालीका लागि उत्तम बाटो हुन सक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया