दुई जनामा कोरोना संक्रमण पुष्टि भए पछी संक्रमितको संख्या ४७ पुग्यो

११ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं ११ वैशाख । थप दुई जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरूमध्ये ९ जना निको भइसकेका छन् ।

उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका ३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरू सबैको विराटनगरस्थित कोरोना कोराना विशेष अस्थायी अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया