अस्पतालबाट डिस्चार्ज भएपछि १४ वर्षे बालकमा कोरोना संक्रमणभएको पुष्टि

प्रकाशित मिति:

जनकपुरधाम ११ वैशाख । कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएका १४ वर्षका बालक अस्पताल पुगेर पनि फर्किएको पाइएको छ ।

सर्लाही धनकौल गाउँपालिका–५ का उनी लकडाउनको अवधिमा दिल्लीबाट घर फर्किएका थिए । उनलाई स्थानीय तहले हरकठवास्थित क्वारेन्टाइनमा राखेको थियो । र्‍यापिड डायग्नोस्टिक टेस्टआरडीटी विधिबाट परीक्षण गरिएको थियो । त्यसमा पोजेटिभ आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो ।