खुशी हराएको आमाको मुख हेर्ने दिन

प्रकाशित मिति:

खगेन्द्र भण्डारी । नारायण,ए बाबू उठ ढिला भो यस्ले बिगार्नी भो, हिजो देखि ल्याएको मिठाई । बासी भएपनी ख्वाइहाल तेमर्की आमालाई अघि नै उठेर बसेइछ।बुबाको यहि वाक्य सुनेर प्रत्यक बर्षको आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशिको दिन बिहान उठ्ने सायद बानी नै पो परेको रहेछ। आज ढिला उठे
सायद अब बानी नै परिवर्तन गर्नुपर्ने बेला होइछ जस्तो लाग्यो । फेसबुकका भित्ताहरु म उठ्नभन्दा पहिले देखि नै हजारौं आमाहरुका तस्बिरहरुले पोतिसकेका रहेछन । म अल्लि फरक सोच राख्नुपर्छ भन्ने मान्छे आमालाई तस्बिर बनाएर फेसबुकमा किन राख्नु भन्दै आमा समक्ष पुगे आमा, मुख हेरे हैू भन्दै अनि बुबा सुत्ने पलङ को सिरानी नेर खोज्न थाले हिजो ल्याएका फलफुल,गिफ्ट अनि आमालाई धेरै मन पर्ने मिठाई तर मैले त न हिजो कुनै चिज किनेर ल्याएको छु न त राखेको। मैले भुलिसकेछु आज मैले न त बाबा आमालाई सङ्गै राखेर पुज्न पाउछु नत बा आमाको निउमा हजुरले पनि खानुसू भन्दै मिठाई खुवाउन । एकैछिन त मन भक्कानियो स्मृतिका पानाहरु सल्बलाउन थाले बुबाको अभावले साच्चिकै मुटुभित्र खोइ सियो जस्तै कुनै चिजले घोचिरहेको थियो ।

आमाको म्यासेन्जरमा दिदिको फोन आइरहेको थियो आमाले त्यो फोन आएकै सुन्नुभएन आमाको मुख मलिन देखे आमा फोन आछुु झसङ्ग हुनुभो र उठाउनुभो अनि बोल्दाबोल्दै रुनुहुन्छ। सबै दाजुभाइहरु, दिदिबहिनीहरु सबै सबैको फोन आउँछ आमा बोल्नुहुन्छ हासेजस्तो गर्नुहुन्छ अनि फेरि मलिन हुनुहुन्छ । सायद आमाले बुबाको जिस्क्याउने बानी सम्झनुभयो ,सायद आमाले बाबाको मुख हेर्ने दिन सम्झनुभयो, खानेकुरा केही पनि आधा खा भन्दै दिएको सम्झनुभयो अझै त्यो भन्दा बढी आमाले बुबाको साथ सम्झनुभयो छोराछोरिको भबिस्य सम्झनुभयो म अनुत्तरित छु अझैपनी । नित्यकर्म सकेपछी आमा मुख हेरुम भन्दै हासेको हेर्न खोजे आमा खुशी नै हुनुहुन्थिएन । मन कता कता भावविह्वल भएको महसुस गर्थे। घरमा सबै थियौ आमाले बुबालाई खोजेजस्तो मान्थे । आमाले हास्नै भुल्नुभो जस्तो मान्छु। समयको परिबन्ध बुबा हामिमाझ नभएको ६ महिना बितिसकेछ । बुबा , सायद यो शब्द नै हो संसारमा आमा जत्तिकै प्यारो।जसको काखले जिवनका अनेकन पिडाहरु, आशुहरु नामेट हुन्छ जसको साथ मात्रैले पनि जिबनका हरेक मोड सफल हुन्छन।

आज त्यही साथ छैन मसङ्ग। केही अदृश्य घाउहरु मनका कन्दराहरुमा फलिरहेको आभास भैरह्यो। विबश छु परिस्थिति या नियती सायद खुशी म देखि अलग रह्यो अनि केही अपुरणिय क्षतीको महसुस गर्दैछु। सम्झनाका मानसपटलमा केबल याद मात्र रह्यो भन्ने भान हुदा कुन कदम चालू कि फेरि म म बन्न सकु   सधै आमालाइ मैले मुख हेर्ने तामझाम हर्दा खुशी ठान्थे तर खुशी त आमाको हामिले मुख हेर्ने तामझाम गरेको भन्दा नि बाबाको साथ मायामा थियो अपशोच अब त्यो सम्भव भएन । आमा हास्नुहुन्न सायद हास्नै भुल्नुभयो । जिबनकै नरमाइलो मातातिर्थ औशी ।आमाको खुशीको अर्को नाम नै बुबा हुनुन्थ्यो । खुशी हराएको आमाको मुख हेर्ने दिन । भगवान् सम्झिए, यो दिन नै नआओस् न है  हामी बर्षको एकदिन बडो तामझाम गर्छौ आमा बाबूको मुख हेर्न भन्दै तर विशेष दिनले होइन साथ, माया अनि सामिप्यताले दिलाउने खुशि संसारको कुनै चिजले दिदैन त्यसको अभावमा हुने पीडा कहिल्यै नामेट हुदैन। आमाको मुख हेर्न कुनै दिन कुर्नुपर्दैन आमालाइ खुशी पार्न कुनै विशेष दिन चाहिदैन आफू सङ्ग भएकी आमाको हेरचाह गरौ, आमाले अनेक झमेला सहेर तपाइलाइ यत्तिको बनाउनुभएको छ। संसारका सबै आमाहरुप्रती हार्दिक सम्मान । कुनै आमाहरुलाई पनि रुन नपरोस् ।